back

इलेक्ट्रिक स्कुटर सेगवेको नयाँ मोडल नेपाली बजारमा

वि.सं.२०७९ कात्तिक २३ बुधवार

123 

shares
NTC AD
Global IME AD

काठमाडौं । सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर श्रेणीमा थप नयाँ सेगवे इ११०एल सार्वजनिक गरेको छ ।

सेगवे इ–स्कुटर इ११०एल मध्यदेखि लामो दूरीको यात्राको लागि अत्याधुनिक, कुशल इलेक्ट्रिक स्कुटर हो । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको छ ।

विभिन्न उत्कृष्ट फिचरहरु समावेश भएकाे याे स्कुटर २४०० वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमताको साथ ११० किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ ।

सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गर्दै आएको छ ।

आई हव नेपालमा सेगवे–नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो ।

वि.सं.२०७९ कात्तिक २३ बुधवार १४:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD