back
CTIZAN AD

डोटी भूकम्पका दुई घाईतेलाई हेलिकोप्टरबाट धनगढी लगियो

वि.सं.२०७९ कात्तिक २३ बुधवार

831 

shares

दिपायल । डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुईजनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।

डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको बताएका छन् । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए । यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।

 

वि.सं.२०७९ कात्तिक २३ बुधवार १५:०४ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...