back
CTIZAN AD

इलाम–२ : नेम्वाङ, खड्का र पालुङ्वाबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

वि.सं.२०७९ कात्तिक २४ बिहीवार

735 

shares

इलाम । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं २ बाट आसन्न मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनी पाँचौ पटक आगामी निर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका हुन् ।

विसं २०५६ देखि लगातार चुनाव जित्दै आएका नेम्वाङले गत निर्वाचनमा वाम गठबन्धनको सहयोगमा नेपाली कांग्रेसका उम्मेदवार केशव थापालाई करिब साढे नौ हजार मतान्तरले पराजित गरेका थिए ।

तर, गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमालेको भन्दा कांग्रेसको बढी देखिन्छ । त्यसमा सरकारमा रहेका गठबन्धन दलको मतसमेत थपिन सक्छ । उक्त चुनावमा वडाध्यक्षले पाएको मत ३२ हजार नौ सय ७८ कांग्रेस पक्षको हुँदा एमालेसँग ३२ हजार पाँच सय २७ छ । नेकपा माओवादी केन्द्रको दुई हजार सात सय १७, जसपाको पाँच सय ५४, एकीकृत समाजवादीको दुई सय ७७ र राप्रपाको एक सय ३० मत छ ।

नेम्वाङसँग सत्तारुढ गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का प्रतिस्पर्धी छन् । नेम्वाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने खड्का गरिब र विपन्नलाई आर्थिक सहयोग गर्दै आएका समाजसेवीका रुपमा परिचित छन् । खड्का प्रतिनिधिसभासदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लड्दै छन् ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति यात्रा प्रारम्भ गरेका खड्का नेविसङ्घको केन्द्रीय उपाध्यक्ष, जिल्ला कोषाध्यक्ष हुँदै जिल्ला सभापति बने । यसअघि २०७४ को चुनावमा इलाम क्षेत्र नं २ कै १ बाट प्रदेशसभामा प्रतिस्पर्धी बनेका उनी मुख्य प्रतिस्पर्धीसँग पराजित भएका थिएृ । एमालेका राम रानासँग पराजित खड्काले यसपटक प्रतिनिधिसभामा विजय हासिल गर्ने जिकिर गर्दै गरेका छन् । यो क्षेत्रको प्रदेशसभा १ मा नेपाली कांग्रेसबाट र २ मा माओवादी केन्द्रबाट उम्मेदवार उठाइएको छ ।

कानुन व्यवसायी, मन्त्री, सभामुख र संविधानसभा अध्यक्ष भएका उनले गत निर्वाचनमा ३६ हजार पाँच सय १७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी का‌ग्रेसका उम्मेदवार केशव थापाले २६ हजार आठ सय ६५ मत प्राप्त गरेका थिए । उनले विद्युत्, सडक, स्वास्थ्य, शिक्षालगायतका एजेण्डामा मत मागिरहेका छन् ।

नेम्वाङको निर्वाचन क्षेत्रमा इलाम नगरपालिकाको १० नम्बर वडाबाहेक देउमाई नगरपालिका, माई नगरपालिकाको वडा नं ६, ७ र ८ सहित चुलाचुली, माङ्सेबुङ र फाकफोथुम गाउँपालिका पर्दछ । यसै निर्वाचन क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा (केपी) ले समेत यसै निर्वाचन मनोनयन दर्ता गराएका छन् । सोही निर्वाचन क्षेत्रमा रहेको माङ्सेबुङ गाउँपालिकामा किराँत धर्म गुरुको बसोबास छ ।

इलाम क्षेत्र नं २ मा एक लाख १५ हजार पाँच सय ३५ मतदाता छन् । जसमा ५८ हजार, सात सय ८४ महिला, ५६ हजार पाँच सय ५६ पुरुष र अन्य दुई छन् ।

अबको निर्वाचनमा विकासप्रेमी नेतालाई मत दिने मतदाता टेकराज पौडेलले बताउँछन् । पहिलो पटक प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा मत दिन लागेका उनी जनप्रतिनिधिले जनताको आवाज सुन्न सक्नुपर्ने बताउँछन् ।

निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई स्वतन्त्रसहित १४ उम्मेदवार प्रतिस्पर्धी छन् । प्रदेशसभातर्फ क्षेत्र नं २ को (१) मा आठ र इलाम (२) मा १ स्वतन्त्रसहित आठ उम्मेदवार छन् । जिल्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस बिपी, जसपा एवं स्वतन्त्र उम्मेदवारलेसमेत मनोनयन दर्ता गराउनुभएको छ । एमालेसँग चुनावमा तालमेल गरेको जनता समाजवादी पार्टीकाे तर्पबाट समेत इलाममा मनोनयन दर्ता भएको छ ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार १४:४८ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...