back
CTIZAN AD

‘नो, नट अगेन’ अभियान कार्यान्वयन नगर्ने आदेशलाई निरन्तरता

वि.सं.२०७९ कात्तिक २४ बिहीवार

645 

shares

काठमाडौँ । सर्वोच्च अदालतले ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्वाचन आयोगको निर्देशन तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले आज पहिला भएको एकल इजलासको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

न्यायाधीश हरिप्रसाद फँुयालको एकल इजलासले यही कात्तिक २० गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतले उक्त आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा आज दुवै पक्षलाई छलफल बोलाएपछि उक्त आदेश गरेको हो ।

निर्वाचन आयोगलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठीले यही कात्तिक १४ गते ‘नो, नट अगेन’ अभियानमा आबद्ध समूहलाई साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशनविरुद्ध रिट निवेदन दायर गरेका थिए । यो आदेशसँगै निर्वाचन आयोगले साइबर कानूनअन्तर्गत कारबाही गर्ने निर्देशन रोकिएको छ ।

 

वि.सं.२०७९ कात्तिक २४ बिहीवार २०:०९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...