प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समिति अन्तर्गतको दक्षिण चेन्नई नगर समितिद्वारा संचालित सिमन्चेरी प्रास (प्रारम्भिक समिति) को पुनर्गठन भेला सम्पन्न भयो । सिमन्चेरीमा मोहदत्त शर्माको अध्यक्षता तथा सुर्य खड्काको संचालनमा भएको भेलाले १३ सदस्यीय प्रारम्भिक समिति गठन गरेको छ।
जस्मा अध्यक्ष शिव जि सी, उपाध्यक्ष गंगाधर शर्मा, सचिव सूर्य खड्का, सहसचिव सागर पौडेल, कोषाध्यक्ष कमल अधिकारी सदस्यहरुमा रेशम पौडेल, पिताम्बर सुवेदी, राजन चापागाई, धनबहादुर जि सी, बिष्णु रिजाल, बेदनाथ शर्मा, ऋषिराम रिमाल र नारायण पौडेल रहनुभएको छ । त्यस्तै सल्लाहकारहरुमा शिव अधिकारी, ठाकुर पौडेल र रुद्र अधिकारी रहनुभएको छ।
कार्यक्रममा केन्द्रीय सचिव कृष्ण पालुवासहित राज्य कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्मा, राज्य सदस्य बिष्णु ढुंगाना अतिथि हुनुहुन्थ्यो। कृष्णप्रसाद चापागाईको स्वागत मन्तव्य सहित राजन चापगाई, शिव जि सी, रामचन्द्र पौडेल एवं अतिथिहरुले संघको महत्व सहित समकालीन देशकोस्थिति बारेमा प्रष्ट पार्नुभएको थियो । सो अवसरमा का अवसरमा ऋषिराम रिमाल प्रवासी नेपाली संघ भारतमा प्रवेश गर्नुभएको छ।