back
CTIZAN AD

आगामी जनवरीसम्म विद्युत कटौती अन्त्य गर्ने श्रीलङ्काको योजना

वि.सं.२०७९ मंसिर १० शनिवार

753 

shares

कोलम्बो । श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपाय अपनाउने बताएका छन् ।

श्रीलङ्काले फेब्रअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ ।

मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् ।

हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उहाँले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् ।

मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलङ्काका लागि ऊर्जाको उत्तम स्रोत पनि हो । (रासस–सिन्ह्वा)

वि.सं.२०७९ मंसिर १० शनिवार १९:५८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...