मङ्गलबारे । इलाम–२(१) मा नेपाली कांग्रेसका गोविन्द गिरी विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा गिरी एक हजार दुई सय ११ मतान्तरसहित विजयी भएका हुन् ।
गिरीले १६ हजार छ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार गणेशप्रसाद बरालले १५ हजार चार सय ४७ मत मात्र प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा ८ जना उम्मेदवार रहनु भएको थियो । यस क्षेत्रमा ३६ हजार नौ सय २९ मत खसेको थियो ।
वि.सं.२०७९ मंसिर १० शनिवार २०:०२ मा प्रकाशित




























