काठमाडौं । सर्लाही क्षेत्र नं २ बाट नेकपा माओवादी केन्द्रका नेता महिन्द्र राय यादव विजयी भएका छन् ।
राय ३२ हजार ५२९ सहित विजयी हुँदा लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले २१ हजार ५१८ मत ल्याएर पराजित भएका हुन् । यादवले महतोलाई २ हजार ११ मत बढी ल्याएर पराजित गरेका हुन् ।
नेपाल समाजवादी पार्टीका नेता यादवले सत्ता गठबन्धनको समर्थनमा माओवादीको चुनाव चिन्ह लिएर निर्वाचन लडेका थिए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा ३ बाट निर्वाचित भएका महतो यसपटक भने सर्लाही २ बाट उम्मेदवारी दिएका थिए ।
वि.सं.२०७९ मंसिर १० शनिवार २०:१८ मा प्रकाशित




























