back
CTIZAN AD

कांग्रेसका पदाधिकारीमध्ये को–को निर्वाचित भए, को–को पराजित ?

वि.सं.२०७९ मंसिर १८ आइतवार

840 

shares

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हालसम्म प्रत्यक्षतर्फका १६३ सिटको मतपरिणाम आइसकेको छ । जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट ५७ जित्दै पहिलो पार्टी बनेको छ ।

सत्ता गठबन्धनसँग तालमेल गरी चुनावमा होमिएको कांग्रेसले ९१ सिटमा उम्मेदवारी दिएको थियो। जसमध्ये ३४ जना उम्मेदवार पराजित भएका छन्।

अघिल्लो निर्वाचनमा वाम गठबन्धन हुँदा २३ सिट प्रत्यक्ष जितेको कांग्रेसले यसपटक माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरी चुनावमा भाग लिएको थियो। जसले गर्दा कांग्रेसलाई प्रत्यक्षतर्फ धेरै सिट प्राप्त भएको छ । गठबन्धन गरेर प्रत्यक्ष धेरै सिट जितेको भएपनि कांग्रेस समानुपातिक तर्फको मतगणनामा भने दोस्रो पार्टी बनेको छ ।

चार पदाधिकारी पराजित

नेपाली कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री छन्। यी पदाधिकारीमध्ये चुनावमा होमिएका ४ जना पराजित भए।

सभापति शेरबहादुर देउवा डडेल्धुराबाट निर्वाचित भए। उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट निर्वाचित हुँदा अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा–२ बाट निर्वाचित भए।

दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा निकै लोकप्रिय मतसहित निर्वाचित भएका छन् । काठमाडौं ४ बाट गगन थापा विजयी हुँदा विश्वप्रकाश शर्मा झापा १ बाट विजयी बने ।

दुवै महामन्त्री शानदार मतले विजयी हुँदा सबै सह–महामन्त्री भने पराजित भएका छन् । भीष्मराज आङ्देम्बे, महालक्ष्मी उपाध्याय डीना, महेन्द्र यादव र उमाकान्त चौधरीले हार व्यहोरेका छन् ।

चारै जना सह–मन्त्री पराजित हुँदा प्रत्यक्षमा उठेका दुई सह–महामन्त्री किशोरसिंह राठौर र बद्री पाण्डे भने विजयी भएका छन् । प्रत्यक्षमा नउठेका दुई सह–महामन्त्री फर्मुल्लाह मन्सुर र जीवन परियार भने समानुपातिक कोटामा छन् ।

वि.सं.२०७९ मंसिर १८ आइतवार १४:४६ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...