काठमाडौं । सरकारले नदी किरानामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको छ । आइतबार सहरी विकास मन्त्रालयले नदी किनारामा रहेका सुकुम्बासीको व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन गरेकाे हाे ।
सहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सरोकारवाला प्रतिनिधिसँगको छलफलपछि समिति गठन गरेका हुन् ।
गठित कार्यदलमा सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन् ।
वि.सं.२०७९ मंसिर १८ आइतवार १५:१३ मा प्रकाशित






























