back
CTIZAN AD

सहज छैन गठबन्धनमा भागवण्डा, मुख्य पदमै छ धेरै किचलो

वि.सं.२०७९ मंसिर २० मंगलवार

723 

shares

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्य चलिरहेका बेला हालको सत्ता साझेदार दलहरुबीच शक्ति बाँडफाँडको विषय पेचिलो बन्दै गएको छ । मुख्य पदहरु कसले हत्याउने भन्ने होडबाजीसमेत दलहरुबीच चलेको छ । विशेषतः कांग्रेस र माओवादीबीच प्रधानमन्त्री आलोपालोमा चलाउने वा कुनै एकले लिने भन्नेमा बारगेनिङ्ग चलिरहेको छ । कार्यकारी प्रमुखलाई देखाएर राष्ट्रपति र सभामुखको विषयमा पनि दलहरु बारगेनिङ्गमा छन् ।

गठबन्धनको मुख्य दल कांग्रेसले सरकारको एकल नेतृत्वको दाबी गरेको छ भने माओवादी केन्द्रले आधा कार्यकालको अडान छाडेको छैन । त्यसबाहेक एकीकृत समाजवादी, लोसपा, जनमोर्चा र जनमत पार्टीलाई पनि कसरी व्यवस्थापन गर्ने भन्ने चुनौति छ ।

कांग्रेस पहिलो र ठूलो शक्ति भएको कारण मुख्य पदहरु आफुले पाउनुपर्ने अडानमा देखिएको छ । तर, सरकार निर्माणमा निर्णायक जस्तै देखिएको माओवादी सकेसम्म प्रधानमन्त्री हत्याउने रणनीतिमा छ । माओवादीले प्रधानमन्त्री नपाए राष्ट्रपतिमा आफ्नो अडान राख्नेछ । माओवादीको तर्फबाट बाबुराम भट्टराई राष्ट्रपतिमा आकांक्षा राखेका छन् ।

कांग्रेसको प्रधानमन्त्री र माओवादीको राष्ट्रपति हुने अवस्थामा एकीकृत समाजवादीले सभामुखमा आफ्नो अडान राख्नेछ । समाजवादीले यसअघि नै राष्ट्रपति वा सभामुख नछाड्ने अडान सार्वजनिक रुपमै राखेको छ ।

साथै, उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुख, एक पछि रिक्त हुँदै गरेको राष्ट्रिय सभा अध्यक्ष पदमा पनि दलहरुबीच भागवण्डा गर्ने तयारी छ ।

केन्द्रका मुख्य पदहरुसँगै गठबन्धनलाई प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीका विषय पनि मिलाउन सकस छ । कुन प्रदेशमा कसको मुख्यमन्त्री हुने विषय सहज छैन ।

संसदमा सरकार निर्माणका लागि बहुमत पुर्‍याउन सकस भएसँगै धेरै दल भएको कारण पनि मुख्य पदहरु बाँडफाँटको विषय सकस हुने देखिन्छ । यदि कुनै दल बिच्कने अवस्था सिर्जना भए सरकार निर्माण नै अप्ठ्यारोमा पर्ने निश्चित छ । त्यस्तोमा गठबन्धन भत्किने पनि सम्भावना रहन्छ ।

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:२२ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

सामसङ नेपालले “सामसङ सेभिङ डेज” घोषणा, यस्तो छ अफर…

काठमाडौँ । सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...