back
CTIZAN AD

विश्व बैंकले भन्यो–‘सहुलियतपूर्ण वित्तीय सहयोगका निम्ति श्रीलङ्का योग्य छ’

वि.सं.२०७९ मंसिर २० मंगलवार

696 

shares

कोलम्बो । विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका सुधारका कार्यक्रमलाई दृष्टिगत गरी कोलम्बोलाई सहयोगको सूचीमा समावेश गरेको हो ।

देशको अर्थतन्त्रलाई स्थिर बनाउन तथा जीविकोपार्जनको रक्षाका निम्ति आइडीएको सहुलियतपूर्ण वित्तीय सहायता प्राप्तिमा श्रीलङ्काको योग्यतालाई विश्व ब्याङ्कले स्वीकार गरेको राष्ट्रपतिको सञ्चार विभागले जनाएको छ । लामो समयदेखि श्रीलङ्का सरकारले अन्तर्राष्ट्रिय सहायताका निम्ति अनुरोध गर्दै आएको थियो ।

देशको अर्थव्यवस्थालाई स्थित तुल्याउन, गरिबी तथा भोकमरीको सामना गरिरहेका लाखौँको जीविकाको रक्षाका साथै आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्न आइडीएबाट सहुलियत ब्याज दरमा वित्तीय सहयोगको प्रस्ताव प्राप्त भएको हो । देशको अर्थतन्त्र सुधार्न सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई आइडीएमार्फत विश्व ब्याङ्कले प्राविधिक सहयोगका साथै नीतिगत सुझाव र सहुलियतपूर्ण ऋण उपलव्ध गराउनेछ । (रासस/सिन्ह्वा)

वि.सं.२०७९ मंसिर २० मंगलवार १७:०८ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...