back
CTIZAN AD

नाइजेरियाका नेपालीहरु झुमेर नाचे राजेश पायलसँग (तस्बिरसहित)

वि.सं.२०७३ चैत २१ सोमवार

726 

shares

 

africa3नेपाली नयाँ बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा हिजो लेगोसमा आयोजित कार्यक्रममा भब्य प्रस्तुती गरेका छन । उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रबाशी नेपालीहरु लाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए ।

राइले आफुले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालिहरु प्रती आभार ब्यक्त गर्नु भयो ।

कार्यक्रममा लेगोस स्थित अमेरिकि नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीत प्रति लोभाएको र यस पछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले नेपाली सस्कृतीलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरुमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गर्न भयो ।

africa2

कार्यक्रममा एनआरएनएका अफ्रीका क्षेत्रीय संयोजक सुनिल कार्की , भारितिय दुतावशका अधिकारी सन्दीप पाल , एनआरएनएका आइसिसी सदस्य चिरन्जिबी रोका , एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिस्ट ,सचिब रोशन थापा , सदस्यहरु बिश्वाश पौडेल र रोहित भाङ्गर ,भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रा लगाएतले बोलेका थिए ।

africa34

त्यसैगरी स्थनिय नाइजेरियन कलाकारहरुले आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थनिय नेपालिका तर्फ बाट अन्जु पौडेल र सुहिम थापाले आफ्ना गीत सङीत प्रस्तुत गरेका थिए ।

africa1

उनले दर्शन नमस्ते , दिक्तेल बजार , नाई न भन्नू ल , तिमिले बाटो फेरौ अरे , नौजाले मायाले , शिरै फुल शिरबन्दी , धरान धनकुटा भेडेटार लगाएत दर्जनौ गीत गाए भने स्थानीय गायिका अन्जु पौडेलसङ्ग सागर सरि चोखो माया भन्ने गीत गाए ।

वि.सं.२०७३ चैत २१ सोमवार ०३:२५ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...