नाइजेरियाका नेपालीहरु झुमेर नाचे राजेश पायलसँग (तस्बिरसहित)
नेपाली नयाँ बर्षको उपलक्ष्यमा लोकप्रिय गायक राजेश पायल राईले एनआरएनए नाइजेरियाको आयोजनामा हिजो लेगोसमा आयोजित कार्यक्रममा भब्य प्रस्तुती गरेका छन । उनले आफ्ना लोकप्रिय गीतहरु गाएर नाइजेरिया स्थित प्रबाशी नेपालीहरु लाई झन्डै तीन घन्टा मन्त्रमुग्ध पारेका थिए ।
राइले आफुले प्रथम पटक अफ्रिका महादेशमा आफ्नो प्रस्तुती दिन पाएकोमा एनआरएनए र अफ्रिकाका नेपालिहरु प्रती आभार ब्यक्त गर्नु भयो ।
कार्यक्रममा लेगोस स्थित अमेरिकि नियोगका कन्सुलर ब्रेन्ट इ ओमडहीले यो कार्यक्रमले मलाई नेपाल र नेपाली संगीत प्रति लोभाएको र यस पछिको आफ्नो कुटनैतिक मिसनमा नेपाल जाने बताउनु भयो ।
त्यसै गरि कार्यक्रममा स्वागत गर्दै एनआरएनएका अन्तरास्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले नेपाली सस्कृतीलाई एनआरएनहरुले बिश्वका हरेक कुनाहरुमा फैलाइरहेको र अफ्रिकामा पनि यो क्रमले गति लिन थालेकोमा खुशी ब्यक्त गर्न भयो ।
कार्यक्रममा एनआरएनएका अफ्रीका क्षेत्रीय संयोजक सुनिल कार्की , भारितिय दुतावशका अधिकारी सन्दीप पाल , एनआरएनएका आइसिसी सदस्य चिरन्जिबी रोका , एनआरएनए नाइजेरियाका अध्यक्ष जनक बिस्ट ,सचिब रोशन थापा , सदस्यहरु बिश्वाश पौडेल र रोहित भाङ्गर ,भोजपुरी समाज नाइजेरियाका जिबेश मिश्रा लगाएतले बोलेका थिए ।
त्यसैगरी स्थनिय नाइजेरियन कलाकारहरुले आफ्नो गीत र नृत्य प्रस्तुत गरेका थिए भने स्थनिय नेपालिका तर्फ बाट अन्जु पौडेल र सुहिम थापाले आफ्ना गीत सङीत प्रस्तुत गरेका थिए ।
उनले दर्शन नमस्ते , दिक्तेल बजार , नाई न भन्नू ल , तिमिले बाटो फेरौ अरे , नौजाले मायाले , शिरै फुल शिरबन्दी , धरान धनकुटा भेडेटार लगाएत दर्जनौ गीत गाए भने स्थानीय गायिका अन्जु पौडेलसङ्ग सागर सरि चोखो माया भन्ने गीत गाए ।