back
CTIZAN AD

इभी नेपाल मोटर्सको नयाँ गाडी लन्च तथा शोरुम सन्चालन

वि.सं.२०७९ मंसिर २३ शुक्रवार

843 

shares

काठमाडौं । इभी नेपाल मोटर्सले नयाँ गाडी लन्च गर्नुका साथै शोरुम सञ्चालनमा ल्याएको छ ।

बिहीबार एक विशेष कार्यक्रमका बीच काठमाडौंको नक्सालमा गाडीको लन्चका साथै शोरूमको उद्घाटन गरिएको हो ।
बिगत लामो समयदेखि दुइ पांग्रे बिक्री गर्दै आएको इभी नेपाल मोटर्सले आफ्ना ग्राहकको माया र सन्तुष्टिपछि चार पांग्रेबाट अत्याधिक सेवा सुविधा दिलाउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याएको हो ।

इभी नेपाल मोटर्स उच्चस्तरीय अन्तर्राष्ट्रिय गाडी उत्पादक ब्रान्ड हो । यसले हाल वुलिङ मोटर्सअन्तर्गत पिटी एसजिएमडब्लु मोटर इन्डोनेसियाको लागी उक्त शोरुम सञ्चालनमा ल्याएको हो । साथै मोटर्सले इन्डोनेसियामा निर्मित ४ सिट क्षमता भएको, अमेरिकन जी मोटर्सको पनि लगानी रहेको ‘वुलिङ एयर इभी’ कार लन्च गरेको छ ।

यो इलेक्ट्रिक गाडी विभिन्न मोडेल र रंगहरुमा उपलब्ध छन्। २००/३०० किमी माइलेज दिने ४ घण्टा ब्याट्री चार्जिङ्ग क्षमता र ८ वर्ष वारेन्टी सुविधा रहेको कम्पनीले जनाएको छ । संसारकै बढी बिक्रीमा परेको वुलिङ इभी टेस्ला पछी दोस्रोमा यसको बिक्री भएको पुष्टि भएको छ । अब नेपालभरी नै इभी नेपाल मोटर्स (बज्र ग्रुप) ले डिलर सञ्जाल बढाएर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । उक्त गाडी ड्राईभिङमा आत्मविश्वास बढाउनुका साथै धेरै सुरक्षित, सुविधाजनक, आरामदायी र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

नेपाललाई धुवाँधुलोरहित बनाउने सोचका साथ अघि बढेको इभी नेपाल मोटर्स ग्राहकको माया र सन्तुष्टि पाएका कारण सफल भएको कम्पनीको भनाइ छ । जसका कारण नयाँ शोरुमको थालनी गर्न सफल भएको छ । काठमाडौं नक्सालमा रहेको उक्त शोरुम बिहान ९ः३० देखि बेलुका ६ः३० बजेसम्म खुल्ला रहनेछ ।

वि.सं.२०७९ मंसिर २३ शुक्रवार ०८:३४ मा प्रकाशित

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

नेपाल एसबिआई बैंकको अध्यक्षमा मुनीष कुमार चान्दना

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा भारतीय...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...