back
CTIZAN AD

एमालेले लगायो ३४ समानुपातिक सांसदको टुंगो (नामावलीसहित)

वि.सं.२०७९ मंसिर २४ शनिवार

810 

shares

काठमाडौँ । नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा महिला २२ र पुरुष १२ जना रहेका छन् । उनका अनुसार आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र महिलातर्फ नैनकला थापामगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा रहेका छन् ।

खस आर्यतर्फ पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र पिछडिएको क्षेत्रबाट दयालबहादुर शाही रहेका छन् । महिलातर्फ मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल, थारू महिलातर्फ आश्माकुमारी चौधरी र शान्ति चौधरी रहेका छन् ।

त्यस्तै दलित पुरुषतर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान र चन्द्रबहादुर विश्वकर्मा तथा महिला दलिततर्फ रुकमणि राणा बराइली र हर्कमाया विश्वकर्मा रहेका छन् । मधेसी पुरुषतर्फ गङ्गाप्रसाद यादव, अमृतराज लालवंशी, महिला मधेसीतर्फ बिनादेवी, अमृतादेवी अग्रहरि र प्रतिक्षा तिवारी मुखिया तथा मुस्लिमतर्फ सराज अहमद फारकी रहेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा सचिवालय बैठक बसेको थियो ।

 

वि.सं.२०७९ मंसिर २४ शनिवार १७:५९ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...