back
CTIZAN AD

बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आयो ‘मुगलान एप’, एकहप्तामै १५ सयले गरे डाउनलोड

वि.सं.२०७३ चैत २१ सोमवार

825 

shares

muglan-apps-1

बैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या र गुनासोलाई लक्षित गर्दै पत्रकार रामचन्द्र गिरीले मुगलान एप ल्याएका छन् । बैदेशिक रोजगारीका समस्या र बेतिथीलाई विगत ८ बर्षदेखि नियाल्दै आएका गिरीले मोबाइलबाटै गुनासो र आफ्ना समस्या वा उजुरी सम्बन्धित निकायलाई पठाउन मिल्ने सुविधासहितको मोबाइल एप्लीकेशन हालै सार्वजनिक गरेका छन् ।

मलेसियाको क्वालालम्पुरमा गत दुईसाताअघि आयोजित गैर आवासीय नेपाली संघको एसिया प्रशान्त सम्मेलनको अवसरमा परराष्ट्र मन्त्री प्रकाश शरण महत र मलेसियाका लागि नेपाली राजदुत डा निरञ्जनमानसिंह बस्न्यातले उक्त एपको सार्वजनिक गरेका हुन् ।
बैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई आवश्यक सूचना एवं जानकारी दिनमात्र नभई उनीहरुका समस्या संकलन गर्दै सम्बन्धित निकायस“ग पु¥याउने र समाधानका लागि शीर्घ पहल गर्ने उद्देश्यले आफु मुगलानको कन्सेप्ट ल्याएको गिरीले बताए ।

‘विगत ७ बर्षअघिदेखि एकजना आप्रवासीका रुपमा रहँदा मैले कयौं हाम्रा नेपालीहरुका धेरैप्रकारका समस्याहरु देखें ।’ सूचना प्रविधि विषयका विद्यार्थी समेत रहेका उनले भने ‘कतिपय समस्याहरु सामान्य जानकारी अभावमै सृजना हुने र कतिपय चाँही सम्बन्धित निकायसम्म जानकारी नपुग्ने एवं पुगेपनि त्यस्ता निकायले ध्यान दिएको पाइएन । त्यसैले अब प्रविधिलाई भरपुर प्रयोग गरेर सम्बन्धित निकायलाई थप जिम्मेवार बनाउनुपर्ने आवश्यकता भयो ।’

रेड प्लटिङ बटन
उनका अनुसार मुगलान एपमार्फत प्रयोगकर्तालाई ईमर्जेन्सी अवस्थामा पनि सहज होस् भनेर रातो रंगको बेग्लै ‘फल्वटीङ बटन’ राखीएको छ । प्रयोगकर्ताले त्यहाँ दबाएर आफ्ना गुनासो, जिज्ञासा तथा उजुरी लेखेर वा रेकर्ड गरेर पठाउन सकिने छ । मुगलानले सम्बन्धित निकायसँग बुझेर प्रयोगकर्ताबाट आउने जिज्ञासाको जवाफ पठाउनेछ । यसरी कामदारका जिज्ञासा, गुनासो लिने र सम्बन्धित निकायलाई पठाउने यो पहिलो नेपाली एप भएको गिरीको दाबी छ ।

muglan-2मुगलानले त्यस्ता गुनासा र समस्याहरुको अध्ययन गरि सम्बन्धित देशमा रहेका नेपाली दुतावासलाई पठाउने र आवश्यकता अनुसार समन्वय गरि समाधान गर्न पहल गर्नेछ । तर सम्बन्धित निकायले गम्भिर चासो नदेखाएमा त्यस्ता समस्याबारे सार्वजनिक अपिलसमेत गरिने उनले बताए ।

‘हामीले समन्वय गर्ने निकायले समस्या समाधान गर्न तदारुकता देखाएनन् भने त्यसबारे अन्य संघसंस्थासँगको सहकार्य र सार्वजनिक अपिल नै गर्न सकीन्छ ।’ बैदेशिक रोजगारीका समस्या नजिकबाट नियालेका गिरीले भने ।

एपमा बैदेशिक रोजगारी लगायत सबै क्षेत्रका समाचार, करिब ३ दर्जन देशहरुमा रहेका नेपाली दुतावासका ठेगाना, दुतावासका सेवाबारे जानकारी, गन्तव्य मुलुकको नियम कानुन, भाषा, हेल्पलाइन नम्बरहरु, सहयोगी संघसंस्थाका फोन, ईमेल, नीति तथा नियम, लोकेशन म्याप, ईभेन्ट, राशीफल, विनिमय दरभाउ, इमर्जेन्सी नम्बरहरु (दमकल, प्रहरी आदि) लगायत धेरै जानकारी राखीएको छ ।

दैनिक जानकारीमूलक मेसेज
मुगलानले दैनिक कामदारका स्वास्थ्य, सुरक्षा, शिक्षा, भाषा र ताजा समाचारहरुबारे नोटिफिकेसन पूस–मेसेज पठाउने गर्दछ । सार्वजनिक गरिएको करिब एक हप्तामै १५ सय जनाले हजार जनाले डाउनलोड गरिसकेका छन् भने करिब ४ दर्जन गुनासा एवं जिज्ञासाहरु प्राप्त भएका छन् । ती गुनासोहरुलाई सम्बन्धि देशमा रहेका नेपाली दुतावासहरुमा फरवार्ड गरिएको छ । यो एप लाखौं नेपालीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

वि.सं.२०७३ चैत २१ सोमवार ०७:२३ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...