
नेपाली मुस्लिम समाज कतारको तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको प्रमुख अतिथिमा राष्ट्रिय मुस्लिम गठबन्धनका केन्द्रिय समयोजक शमिम मिया अन्सारी, बिशिस्ट अतिथी ब्यबस्थापिका सांसद जाकिर हुसेन, नेपाली दूतावास कतारका कार्यबाहक राजदुत मणि रत्न शर्मा, कतार प्रहरीका ट्राफिक बिभाग प्रतिनिधि र बिशेष अतिथी नयाँ शक्ती नेपालका युवा नेता बिबि खराल, महम्म हुसेन, बुद्दिजिबी महम्मद मुक्तदा, मुमजान मिया, पिर महम्मद, इब्राहिम मिया, महमुद कार्की सहित विभिन्न बैचारिक सस्थाका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि, पत्रकार, बुद्दिजिबी लगायतको उपस्थित रहेको थियो ।
दोहा कतारको होलिडे भिल्लामा सम्पन्न अधिवेशनको अधिवेशनको बन्दसत्रबाट इन्जिनियर मोहमद आयुब हक़ सर्बसम्मतीबाट अध्यक्ष भएका छन् भने उपाध्यक्षमा इस्माइल पन्त, गफार, मौलाना खालिद, महासचिवमा हजरत अलि मुस्लमान, प्रवक्तामा मेहताब आलम सहित १९ कार्य समिती बहुमतले बिजय भएको छ ।
कार्यक्रम बिभिन्न समाजसेबीलाइ सम्मान गरिएको थियो । साथै त्यसैगरी नयाँ शक्ती नेपालका केन्द्रिय सदस्य बि बि खराललाइ प्रमुख अतिथी शमिम अन्सारी, बिशिस्ट अतिथी सान्साद जाकिर हुसेन, नेपाली कार्यबाहक राजदुत मणिरत्न शर्मा, निर्वतमान संरक्षक साकिर अलि, अधिबेशन आयोजक कमिटी समयोजक यासिन मामा, अध्यक्ष अब्दुल हाफिज लगाएतले सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा कतारको नयाँ कानुन लार्इ नेपालीमा अनुबादक पुस्तक पनि बिमोचन गरिएको थियो । उक्त पुस्तकका अनुवादक रमजान अलिले गरेका हुन् । प्रकाशक नेपाली मुस्लिम समाज कतारले गरेको थियो ।
वि.सं.२०७३ चैत २१ सोमवार ०६:५४ मा प्रकाशित


























