back
CTIZAN AD

विश्वकपको सेमिफाइनल : यी दुई साथीबिच कडा प्रतिस्पर्धा

वि.सं.२०७९ मंसिर २८ बुधवार

738 

shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप आज सेमिफाईनल हेर्न सवै जना उत्तेजित छन् । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । साथी साथी बिचको विपरित खेल हेर्न रोमाञ्चित नहुने त कुरौ भएन यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ ।

एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन एम्बाप्पे विश्वकपकै दौरान मोरक्कोको टिम बसेको होटलमा समेत पुगेका थिए र एम्बाप्पेले जनवरीमा हकिमीको बारेमा एउटा ट्वीट गर्दै भनेका थिए, ‘असरफ हकिमी विश्वका उत्कृष्ट अरबी खेलाडी हुन् ।’

Kylian Mbappé and Achraf Hakimi: The Magic Duo! 🔴🔵 - YouTube

तर बुधवार मध्यराति यी दुई साथी एक अर्काको विपरीत खेल्नेछन् । एम्बाप्पेलाई हकिमीले गोल गर्न रोक्नेछन् । हकिमी क्लब र राष्ट्रको लागि डिफेन्डरको रुपमा खेल्छन् । दुई खेलाडीको सेमिफाइनलमा एक अर्काको टिमलाई हराउँदै फाइनल पुग्ने लक्ष्य हुनेछ ।

हकिमी विश्वकप फाइनल खेल्ने पहिलो अफ्रिकी टिमको हिस्सा बन्न चाहन्छन् भने एम्बापे डिफेन्डिङ च्याम्पियन भएका कारण इतिहासलाई फेरी दोहो¥याउन चाहन्छन् ।

२०२१ मा इन्टर मिलानबाट पीएसजी आएका हकिमी र एम्बाप्पेको दोस्ती त्यसपछि बनेको हो । हकिमी ६० मिलियन युरोमा पीएसजीमा आवद्ध भएका हुन् ।

एम्बाप्पे ।
दुवै खेलाडीको जन्म १९९८ मा भएको हो, जुन वर्ष फ्रान्सले पहिलो पटक विश्वकप जितेको थियो । हकिमी र एम्बाप्पेकोे गेमको रुचि पनि एकै रहेको छ । उनीहरुलाई गीत र भिडिया गेम खेल्न मनपर्छ । एम्बाप्पे हकिमीलाई फ्रेन्च भाषा सिकाउँछन् ।

हकिमी मुस्लिम परिवारका व्याक्ति हुन् । उनले पीएसजी टिमसँग इदको बेलाको भिडियोहरु सार्वजनिक गरेका थिए । हकिमीले एम्बाप्पेलाई इदको बेला अरबी खाना चखाएका पनि थिए ।

 

Bromance on hold as Mbappe and Hakimi lock horns | Reuters

हकिमीले एम्बाप्पेको बारेमा भने, ‘उनी जस्ता खेलाडीसँग खेल्न निकै सहज हुन्छ । उनले बलमा केही न केही फरकपन गर्छन् ।’

एम्बाप्पेले समूह चरणको खेलमा डेनमार्कसँगको खेलमा र अन्तिम १६ को खेलमा पोल्याण्डसँग दुई दुई गोल गरेका थिए ।

शनिबार भएको क्वाटरफाइनलमा भने उनले गोल गर्ने मौका पाएनन् । उनलाई इंग्ल्यान्ड्का डिफेन्डर काइलले सक्दो नियन्त्रणमा राखे । उनलाई एक पटक मात्र गोल गर्ने मौका मिलेको थियो त्यो पनि रोकियो । उनको टिमले त्यो खेलमा इंग्ल्यान्ड विरुद्ध २–१ को जित हात पा¥यो ।

हकिमी ।
मोरक्कोको टिमको डिफेन्स हेर्ने हो भने हालसम्मकै उत्कृष्ट डिफेन्स टिम हो । जसले क्रोयशिया, बेल्जियम, स्पेन र पोर्चुगललाई गोल गर्ने मौका दिएन ।

हकिमीको टिमले विश्वकपमा १० पटकमात्र विरोधीलाई गोल पोष्टमा प्रहार गर्ने मौका दिएको छ भने एम्बाप्पेले हालसम्म १० पटक गोलपोष्टमा प्रहार गरेका छन् । जसमा ५ गोल भए भने ५ रोकिए ।

 

वि.सं.२०७९ मंसिर २८ बुधवार १६:२० मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...