back
CTIZAN AD

आफुलाई अध्यक्षबाट बर्खास्त गरिएको पौडेल र जोशीको पत्र नक्क्ली भएको गाहामगरको आरोप

वि.सं.२०७९ मंसिर २८ बुधवार

804 

shares

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरलाई अध्यक्षबाट वर्खास्त भएको भनि केन्द्रका महासचिव गौरीराज जोशी र डा. केशव पौडेलले पठाएको पत्र नक्कली भएको बताइएको छ ।

श्रोतका अनुसार, उक्त पत्र पठाउन कार्यकारीको कार्यकाल सकिएका एनआरएनए अध्यक्ष कुल आचार्यको दवावमा रामशरण सिम्खडाले ड्राफ्ट गरि गौरी र केशवले पठाएको पाइएको गाहा मगर पक्षले आरोप लगाएको छ ।

वर्खास्त गरिएको ब्यहोराको पत्र लेख्नुअघि कार्यकारी अध्यक्ष रविना थापासंग विमर्श नगरिएको र कार्यसमितिमा समेत छलफल नगरिएको बताइएको छ । कार्यकारी अध्यक्ष रविना थापाले आफूलाई यसबारे केही थाहा नभएको सार्वजनिक कार्यक्रममै बताइसकेको पनि गाहामगर पक्षले जनाएको छ ।

वर्खास्त गरिएको भनि एकजना जननिर्वाचित अध्यक्षलाई मानमर्दन गरिएको र संस्थाको प्रतिष्ठा समेत धुमिल पारिएको भन्दै गाहामगरले यो विषयलाई चर्काउने र आफ्नो लडाई अब केन्द्रसँग हुने बताएका छन् ।

गाहामगरले एनआरएनए यूकेको गत ६ अगष्टमा सम्पन्न वार्षिक साधारणसभाले दिएको म्याण्डेट बमोजिम गठित अधिकारसम्पन्न एक छानविन समितिका प्रमुख डा. भीम पुनलाई गत १९ नोभेम्बरमा एक पत्र लेखी उक्त पत्रको आधिकारिताबारे छानविन गरिदिन अनुरोध गरेका थिए ।

गाहामगरको अनुरोधपछि छानविन समितिका प्रमुख डा. पुनले गत २७ नोभेम्बरमा एनआरएनए कार्यकारी अध्यक्ष रविना थापालाई पत्र लेखेका छन् ।

‘कुन धरातलमा टेकेर वर्खास्त गरिएको पत्र लेखियो ? एउटा स्वायत्त शाखाको निर्वाचित अध्यक्षमाथि कारवाही गर्ने अधिकार केन्द्रका दुई पदाधिकारीलाई कुन धारा र दफाले दियो ? समाजमा भ्रम फैलाइ वर्खास्त गरियो भन्ने दुई महासचिवलाई किन कारवाही नगर्ने ? आदि सवालसहित अध्यक्ष गाहामगरले पत्र लेखेका छन् ।

कुल आचार्य, रामशरण सिम्खडा र डा. हेमराज शर्माको नेतृत्वमा एनआरएनए यूके विवाद मिलाउन १४ सदस्यीय समिति बनाइए पनि उक्त समितिका सदस्यहरुले वस्तुस्थिति नबुझी एक निर्दोष भूतपूर्व ब्रिटिश गोर्खा सिपाही गाहामगरलाई अपहेलना र जातीय भेदभाव गरेको गाहा मगर समुहको आरोप छ ।

गैरगोर्खाहरुको समितिले नियतवश गोर्खा अभियन्तामाथि जातीय भेदभाव गरेको भन्दै गाहामगरले यसलाई पनि कानून लड्ने बलियो आधार भएको ठहर गरेको र आफुले केन्द्रबाट रेस्पोन्स नपाएको जनाउंदै अब केन्द्रका महासचिव गौरी जोशी र डा. केशव पौडेलसहित यसमा संलग्न सबैलाई सार्वजनिक रुपमै बाहिर ल्याउने गाहा मगरले चेतावनी दिएका छन् ।

उनले बेलायत र नेपालको अदालतमा बेग्लाबेग्लै मुद्दा दर्ता गरि उनीहरुलाई चरित्र हत्याको आरोपमा सजाय दिलाउन समेत पछि नपर्ने चेतावनी पनि दिएका छन् ।

गाहामगरले पत्रको जवाफ पठाउन वेवास्ता गरिए आउंदो फेब्रअरीमा एनआरएनए केन्द्रिय कार्यालयमा एनआरएनए यूकेका पञ्जीकृत सदस्यहरुसहित धर्ना दिने पनि बताएका छन् । विधान विपरितको क्रियाकलापमा संलग्न आइसीसीलाई समेत मुद्दा हाल्न वकिल तयारी अवस्थामा रहेको उनले बताएको गैरआवासीय नेपाली संघ युकेका प्रबक्ता भरतमणि चोङ्बाङले बताएका छन् ।

गाहा मगर एघार हजार ३६३ पञ्जीकृत सदस्यहरुको मतले निर्वाचित भएका थिए भने बेलायतको समेत निर्वाचन गराउने विश्वसनीय कम्पनी च्वाइस भोटिंग र केन्टोले यसको रिजल्ट दिएको थियो ।

वि.सं.२०७९ मंसिर २८ बुधवार २०:३३ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...