अमेरिका । गत बिहीबार मङ्सिर पूर्णेदेखी प्राकृतिक पूजक किरातीहरुको उधौली सुरु भएकों छ । किरातीहरुको ५०८२ साल पुरानो यो इतिहास हो । लिम्बूहरुको चाशोक तंगनाम, राईहरुको साकेला, सुनुवार समुदायले फोलास्यादर र याख्खाहरूले चासुवाको नामले परिचित यो चाडको समग्र अर्थ उही हो । यो पर्ब जिरेल, सुरेल, धिमाल, हायुहरुले पनि मनाउने गर्दछन !
किरात याक्थुङ चुम्लुङ अमेरिकाले पनि विविधि कार्यक्रम गरी भव्य रुपमा न्यूयोर्कको क्वींस स्थित शेर्पा किदुगमा आफ्नो मौलिक पर्ब चाशोक तंगनाम मनाएको छ । हरेक वर्ष मनाईने यो पर्व चुम्लुङ अमेरिकाको वार्षिक पर्ब हो । उक्त कार्यक्रममा अग्रज/तुम्यांग प्रेम मेन्यांगबोले मङ्शिरमा पाकेको धान, कोदो, सिम्बि लगायतका अन्न बाली ( तागेरानी वा फुंग माँग ) मानी ल्याएको देबी देउरालीलाई मुंधूम फलाकेर, चढ़ाएर, मात्र आफुले खानुपर्ने मान्यताका साथ यो पर्बको पूजा अर्चना गरि न्वाङि चढ़ाएर सुरूवात गरिएको थियो । यो पर्वलाई न्वाँगी पूजा पनि भन्ने चलन छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि लगायत बिभिन्न ब्यक्तिहरुले मुंधूमगत मंतव्य राखेंको थिए ।
सोहि अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष सुमन थाम्शुहाङ लिम्बुले यो मङ्शिर पूर्णेदेखी उधौली सुरु भएको हुनाले पहाड़, हिमालतिर अत्यधिक चिसो बढ़ेंर चराचुरूँगी, माछाहरु न्यानो खोज्दै मधेशतिर झर्ने अनि बैशाख पूर्णेदेखी फÞेरि उभौली सुरुहूने मधेसतिर अत्यधिक गर्मीको कारण चराचुरूँगी, माछाहरु उभो माथी पहाड़, हिमालतिर सर्दैजाने किराती किम्बदन्ती वा मान्यताका विषयमा राखेका थिए । उनले आगामी दिनमा पनि विज्ञानले पनि यी विषय कुराहरूमा खोज अनुसंधान गर्यो भने किरातीहरुको ५०८२ वर्ष पूरानों मान्यता ठूलो र बलियो प्रमाण हूने जीकीर गरें ।

निबर्तमान अध्यक्ष बिरेन्द्र हाङ लाबुङ्को प्रमुख आतिथ्यतामा संपन्न उक्त कार्यक्रम संस्थाका युवा महासचिव सूर्य लिङ्देनले सन्चालन गरेका थिए ।
उक्त कार्यक्रममा बिगत ७/८ वर्षदेखी निरंतर संस्थामा केलांग प्रशिक्षण गराई रहेका सल्लाकार, निबर्तमान उपाध्यक्ष कुबेर वोनेमलाइ सम्मान पत्र प्रदान गरिएको थियो ।
वि.सं.२०७९ मंसिर २८ बुधवार २०:०५ मा प्रकाशित






























