back
CTIZAN AD

समस्याग्रस्त सहकारीका बचतकर्ता भन्छन् : आधामात्र बचत फिर्ता पायौँ

वि.सं.२०७९ मंसिर २८ बुधवार

813 

shares

काठमाडौँ । सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये एउटाको हिसाब–किताब राफसाफ भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसँग स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभका १६ जना बचतकर्ताले रु ७५ लाख २८ हजार आठ सय २४ माग गरेका थिए ।

समितिले भने पाँच जनालाई मात्र रु १३ लाख २२ हजार तीन सय ८० दिइएको कार्यालय प्रमुख केशवप्रसाद पौडेलले राससलाई जानकारी दिए । स्टाण्डर्ड मल्टिपर्पोजलाई सरकारले विसं २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो । पाँच जनालाई गत कात्तिक मसान्तमै बचत फिर्ता गरी हिसाब–किताब राफसाफ गरिएको जनाइएको छ । बचतकर्ताले भने समितिबाट बचतको आधामात्र रकम पाएको बताएका छन् ।

स्टाण्डर्ड मल्टिपर्पोजमा रु १८ हजार बचत गरेकी वनस्थलीकी सरस्वती चक्रधरले त्यसको आधा अर्थात् रु नौ हजारमात्र समितिबाट फिर्ता पाइन् । उनले भनिन्, “मैले ओरेण्टल को–अपरेटिभ लिमिटेडमा तीन लाख मुद्दती खातामा जम्मा गरेको छु, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा पनि रु तीन लाख २० हजार मुद्दती खातामा राखेको छु, धेरै पैसा राखेको दुवै सहकारीबाट अझै पैसा फिर्ता पाउन सकिएको छैन, यी दुवै सहकारीलाई पनि सरकारले समस्याग्रस्त घोषणा गरेको छ, दुवैलाई अहिले समितिले नै हेर्छ, थोरै राखेको सहकारीको भने आधामात्र पैसा फिर्ता पाएको छु ।”

अरु पैसा पाउने कहिले–कहिले भनेर आधामात्र भए पनि फिर्ता लिएको बचतकर्ता बताउँछन् । समितिले हाल अन्य ११ वटा समस्याग्रस्त सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गराउन लागिपरेको जनाएको छ । ओरेण्टल सहकारीका बचतकर्ताबाट अझै समितिले निवेदन माग गरेको छ । मङ्सिर २३ गते सार्वजनिक सूचना प्रकाशन गरी १५ दिनसम्म ओरेण्टल सहकारीमा बचत गर्नेले आफूसँग भएको प्रमाणसहित समितिको कार्यालयमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

सरकारले समस्याग्रस्त घोषणा गरेकामा ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् । यसैगरी प्यासिफक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका छन् ।

सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेको हो । समस्याग्रस्त सहकारीको व्यवस्थापनको काम समितिले गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । रासस

वि.सं.२०७९ मंसिर २८ बुधवार १९:४१ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...