back
CTIZAN AD

नेपाल बुद्धिजीवी परिषदले भन्यो–देउवा सरकारले लोकतन्त्रको खिल्ली उडायो

वि.सं.२०७९ मंसिर २८ बुधवार

735 

shares

काठमाडौं । नेपाल बुद्धिजीवी परिषदले शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक लाभका लागि समग्र राजनीतिलाई नै अपराधिकरण गर्ने गरी अध्यादेश ल्याएको भन्दै त्यसको भत्र्सना गरेको छ ।

परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले एक विज्ञप्ति जारी गर्दै देउवा सरकारले आफ्नो राजनीतिक लाभका लागि सक्रमणकालीन अवस्थामा आफ्नै देशको र अन्तराष्ट्रिय जगतका फौजदारी कानुन र अदालतका फैसलालाई समेत चुनौती दिँदै ‘केही मुद्दा फिर्ता लिन सकिने’ अध्यादेश ल्याएको भन्दै त्यसको भत्र्सना गरेको हो ।

‘अध्यादेश ल्याएर त्यसका माध्यमबाट राजनीतिक गठजोडको लाभ लिन खोज्ने गठबन्धनमा सामेल दलहरु र त्यसका नेता नेपाली कांग्रेसका शेरबहादुर देउवा नेतृत्वको यो अन्तरिम सरकारको जति भत्र्सना गरे पनि पुग्दैन ।’ डा. देवकोटाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

परिषदले यस्ता राष्ट्रिय महत्वका विषयमा सरकारले सर्वदलीय बैठक वा सबै पक्षका विज्ञ तथा कानुन व्यवसायीसँग परामर्शै नगरी लोकतन्त्रको खिल्ली उडाउँदै सत्ता लोलुपको उद्धेश्यका साथ अपराधलाई राजनीतिकरण गर्न र समग्र राजनीतिकलाई नै अपराधिकरण गर्नतर्फ हौस्याउने गरी आएको अध्यादेश जनता र लोकतन्त्रको विरोधि रहेको आरोप लगाएको छ ।

 

 

 

वि.सं.२०७९ मंसिर २८ बुधवार १७:४९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...