back
CTIZAN AD

दीपिका पादुकोण र शाहरुख खानको बोल्ड र हट दृश्यले भारतभर हंगामा (भिडियोसहित)

वि.सं.२०७९ मंसिर २८ बुधवार

885 

shares

वलिवुडका किंग खान मानिने शाहरुख खानद्धारा निर्माण गरिएको ‘पठान’ फिल्म हलहरुमा लाग्नभन्दा पहिले विवादमा तानिएको छ ।
शाहरुख खान आफै नायक बनेका उक्त फिल्मकी नायिका दिपीका पादुकोणले फिल्म कैरियरमा दिएको अहिलेसम्मकै हट र बोल्ड सिनका कारण फिल्म विवादमा तानिएको छ ।

पादुकोणको ड्रेससँगै फिल्म निर्माता शाहरुख खान समेत विवादमा तानिएका छन् । मंगलबार उक्त फिल्मको एउटा गीत ‘बेशरम रंग’ युट्युवमार्फत् सार्वजनिक गरिएपछि यसमा उनीहरुले दिएको सिनको भारतमात्र नभएर विश्वमै सकारात्मक तथा नकारात्मक रुपमा चर्चाको विषय बनेको छ ।

मध्यप्रदेशका गृहमन्त्री गृहमंत्री डा‘. नरोत्तम मिश्राले उक्त गीतमा दिपीकाले लगाइएको कपडाको विरोध गरेका छन् । गीतमा दिपीकाले लगाएको पहेलो ( जोगी रंग) को कपडाको विरो गरेका छन् । उनले फिल्ममा अभिनेत्रीको भेषभुषा र उक्त दृश्य नसच्याएर प्रदेशमा उक्त फिल्म प्रदर्शनको अनुमति नदिने चेतावनी समेत दिएका छन् ।

चलचित्रको गीतमा प्रयोग गरिएको कस्ट्य्ुम पहिलो नजरमा निकै आपत्तिजनक रहेको मिश्राले बताएका छन् । यो गीत नकारात्मक मानसिकताका कारण छायांकन गरिएको प्रष्ट देखिन्छ । उनले दीपिका पादुकोण टुकडे टुकडे गिरोहको समर्थक रहेको भन्दै यस्तो दृश्य परिवर्तन गर्न भनेका छन् ।

नयाँ वर्ष २०२३ को जनवरी २५ मा हिन्दी तथा साउथ भाषामा प्रदर्शन गर्न लागिएको पठानमा शाहरुख खान र दिपीकाका साथै अर्का नायक जोन आब्रहमको पनि मुख्य भूमिका रहेको छ ।

मंगलबार मात्रै राखिएको उक्त गीतलाई हालसम्म ३५ मिलियनले हेरेका छन् ।

 

वि.सं.२०७९ मंसिर २८ बुधवार १७:१४ मा प्रकाशित

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ श्रृंखलामा डा. ध्रुबेश चन्द्र रेग्मीद्वारा राग ‘बागेश्री’ प्रस्तुति

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा...