back
CTIZAN AD

कपालमा चाया परेर हैरानीमा हुनुहुन्छ ? यसरी गर्नुहाेस् उपचार

वि.सं.२०७९ मंसिर २९ बिहीवार

1K 

shares

काठमाडाैं । जाडो मौसममा अधिकांश मानिस टाउकोमा चाया परेर समस्यामा हुन्छन् । चायाकै कारण उनीहरूलाई अन्य समस्या पनि देखिन्छ । चायाकै कारण दैनिक कतिपय गतिविधि नै पनि प्रभावित हुने गरेका छन् ।

यहाँ हामीले चाया आउने कारण र उपचारकाे विषयमा केही जानकारी पस्केका छाैं । जान्नुहाेस् कारण र उपचार

चाया आउने कारणहरु

-जाडो मौसममा टाउकोमा चायाको बढी असर देखापर्छ । जाडो मौसममा तातो पानीले नुहाउँदा टाउकोको त्वचा बढी रुखो हुन्छ, जसको कारणले टाउकोमा चायाको समस्या उत्पन्न हुन्छ । यसको साथै जाडो मौसममा टाउकोमा गलबन्दी र टोपी लगाउँदा टाउकोलाई प्रयाप्त हावा प्राप्त हुँदैन, जसको कारण टाउकोमा चाया बढ्छ ।

-दिनहुँ श्याम्पू परिवर्तन गर्नु र केमिकल युक्त श्याम्पूको प्रयोगले टाउकोको त्वचामा असर पर्छ, जसको कारणले चायाको समस्या उत्पन्न हुन्छ ।

-टाउकोमा तेल रहँदा टाउकोको त्वचा चिल्लो हुन्छ, जसको कारणले कपालमा फोहोर जम्मा हुन्छ र यहीँ फोहोरले नै चायाको समस्या निम्त्याउँछ । यो फोहोरको कारणले कपाल झर्न शुरू हुन्छ । यति मात्र नभई अस्वस्थकर आहारको कारणले पनि कपाल ओयली हुन्छ, जसको कारणले कपालमा चायाको समस्या उत्पन्न हुन्छ ।

चायाकाे उपचार कसरी गर्ने ?

-एक चम्चा माटोमा गोलभेडाको पेस्ट मिलाएर पेष्ट बनाई कपालमा लगाएर १५÷२० मिनेट छोडेर कपाल धोएमा कपालमा रहेको चाया कम हुन्छ ।

-अमिलो दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउनुस कपालको चाया घट्छ ।

-रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिनेर कपालमा लगाउनुस र आधा घन्टा जति छाडेर नुहाउनुस कपालमा रहेको चाया जान्छ ।

-करिव ५ वटा कागती काटेर २ लीटर पानीमा उमाल्नुस र चिसो भइसकेपछि कपाल धुनुस तपाईको कपालमा रहेको चाया छिटै हटेर जान्छ ।

-दाना मेथीलाइ रातभर ढड्याएर राख्नुस र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस कपालको चाया कम हुन्छ ।

-सरस्युको तेल र कागतीको रस मिलाएर कपालमा लगाई मालिस गर्नुस । एक दिन बिराएर यसो गर्न सकेमा तपाइको टाउकोबाट चाया पूर्णरुपले हराएर जान्छ ।

-नरिवलको तेल र कपुर मिलाएर राख्नुस र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस चाया हराएर जान्छ ।

-एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस तपाईको कपालबाट चाया हट्छ । एजेन्सीबाट

वि.सं.२०७९ मंसिर २९ बिहीवार १७:५६ मा प्रकाशित

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम, कसरी जोगिने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट १६ जनाको मृत्यु

काठमाडौँ, । नेपालमा जापानिज इन्सेफलाइटिस (जेइ) बाट सङ्क्रमण पुष्टि हुनेको...