back
CTIZAN AD

संसद्मा प्रभावकारी भूमिका खेल्न सांसदहरुलाई सभापति देउवाको निर्देशन

वि.सं.२०७९ पुस २ शनिवार

663 

shares

सिबी अधिकारी, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।

कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्री कार्कीले भने “सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै सांसदलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ ।”

सत्ता गठबन्धनलाई निर्वाचनमार्फत जनताले अनुमोदित गरेकाले राष्ट्रिय राजनीतिका सन्दर्भमा छिट्टै गठबन्धनको बैठक बसेर अरु निर्णय गर्ने उनले उल्लेख गरे । गठबन्धन सरकारकाबारे सोधिएको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, “कांग्रेसले सत्ता गठबन्धनको नेतृत्व गरेको छ । सत्ता गठबन्धनलाई अहिले जनताले अनुमोदन गरेका छन् । आगामी दिनमा मुलुकको स्थिरता र जनताले चाहेको विकास र समृद्धिका लागि देश त्यस दिशातर्फ अघि बढ्छ ।”

महामन्त्री गगनकुमार थापाले आइतबारदेखि सुरु हुने पार्टीको केन्द्रीय समितिको बैठकले संसदीय दलको निर्वाचनका लागि निर्वाचन समिति गठन गरी आगामी बुधबारसम्म निर्णय आउने बताए । पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले पार्टी सभापतिले प्रतिनिधिसभाका सम्पूर्ण निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिँदै संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाहका लागि निर्देशन दिएको जानकारी दिए । उनले कांग्रेस संसद्मा ठूलो दलको हैसियत प्राप्त गरेको र गठबन्धनमा पनि फराकिलो अन्तर रहेकाले स्वभाविकरूपमा कांग्रेस नेतृत्वमा सरकार गठन हुनुपर्ने भए पनि यससम्बन्धी निर्णय गठबन्धनको बैठकबाट हुने बताए ।

नेता डा शेखर कोइरालाले कांग्रेस प्रतिनिधिसभाको ठूलो दल भएकाले उसकै नेतृत्वमा गठबन्धन सरकार गठन हुनुपर्ने धारणा राखे । अर्का नेता विमलेन्द्र निधिले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने जिकिर गरे । नेता एनपी साउदले पार्टी सभापतिकै नेतृत्वमा गठबन्धनले सफलता पाएकाले उनकै नेतृत्वमा प्रधानमन्त्रीमा सहमति हुने विश्वास व्यक्त गरे ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर सङ्घीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ । सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा पाँचदलीय सत्ता गठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीबार राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा सुरु भएको छ ।

वि.सं.२०७९ पुस २ शनिवार १९:४८ मा प्रकाशित

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

प्रयाप्त वर्षा नभएपछि बाँकेमा खेतका फाँट धुलाम्मे

नेपालगन्ज (बाँके) । यस वर्ष असारमा पनि पर्याप्त वर्षा नहुँदा...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...