back
CTIZAN AD

माओवादी नेता शिशोनको निधन

वि.सं.२०७९ पुस ३ आइतवार

765 

shares

नेदरल्याण्ड । माओवादी नेता जोशे मारीया शिसोनको निधन भएको छ ।

माओपछि अन्तराष्ट्रिय नेताको हैसियत प्राप्त गरेक शिसोनको ८३ बर्षको उमेरमा निधन भएको हो । नेदरल्याण्डको उटेच शहरको एक अस्पतालमा उनको उपचारको क्रममा निधन भएको हो ।

फिलीपिन्स बिश्वबिद्यालयमा प्राध्यापन गरीरहेकै बेला सन १९६८ मा उनकै पहलमा फिलीपन्स कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । संस्थापक महासचिव रहेका उनले सन १९६९ मा न्यु पिपुल्स आर्मी गठन गरेर जनयुद्ध शुरु गरेका थिए ।

६० गुरील्ला, ९ अटोमेटीक राईफल्स र २६ शर्ट हतियारबाट शुरु भएको सो हिंसात्मक संघर्षमा सरकार र बिद्रोही पक्षबाट धेरै जनधनको क्षति भएको छ । सन १९८६ मा वार्ताको वाताबरण बनाउन उनलाई रिहा गरिएलगतै उनी युरोपमा स्वनिर्वासीत भएका थिए ।

नेशनल डेमोक्रेटीक फन्ट अफ फिलिीपीन्सका तर्फबाट सरकारसंगको वार्ता टोलीका संयोजक रहेका उनी नेदरल्याण्डमा रहेर टर्की, पेरु, भारत र नेपाल समेतको जनयुद्धमा चासो दिंदै मानवजातीका लागी क्रान्तिकारी बिद्रोह फैलंदै गएको कुरा संप्रेषण गर्दै आएका थिए । माओवादीबृत्तभित्र उनी माओपछिको संसारप्रसिद्ध नेताका रुपमा स्थापित थिए ।

वि.सं.२०७९ पुस ३ आइतवार १५:४८ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...