back
CTIZAN AD

के मेस्सीले सन्न्यास लिन लागेका हुन् ?

वि.सं.२०७९ पुस ४ सोमवार

858 

shares

काठमाडाैं । ३६ वर्षपछि आर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने बताएका छन्। विश्वकपको फाइनल खेलको निर्धारित समय र थपिएको तीस मिनेटमा ३-३को बराबरीपछि ‘पेनाल्टी’मा फ्रान्सलाई ४-२ अन्तरले हराएसँगै दक्षिण अमेरिकी टोलीका कप्तान तथा पीएसजी क्लबका अग्रपङ्क्ति खेलाडीलाई उनको भविष्यबारे आर्जेन्टिनी टिभी टीवाइसी स्पोर्ट्सले प्रश्न गरेको थियो।

आगामी वर्ष ३६ वर्ष पुग्ने मेस्सीले आफूले देशका लागि अझै प्रशस्त खेल्नसक्ने विश्वास व्यक्त गरेका छन्। ”म फुटबललाई माया गर्छु,” उनले भने।

“म राष्ट्रिय टोलीबाट खेल्न रमाउँछु र विश्व विजेताका रूपमा केही थप खेलहरूको अनुभव जारी राख्न चाहन्छु।”

मेस्सीले हालसम्म पाँच पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाएका छन् र गए रात सम्पन्न खेलमा उनले दुई पटक गोल गरे भने ‘पेनाल्टी शुट’लाई पनि गोलमा परिणत गरे। यसपालिको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै उनले ‘गोल्डेन बल’ पनि जिते। प्रतियोगितामा उनले कूल सात गोल गरे। उनीभन्दा एक गोल बढी गरेका फ्रान्सका किलियान एमबापेले ‘गोल्डन बुट’ जिते।

आगामी विश्वकपका बेला मेस्सी ३९ वर्षका हुनेछन् र केही समय अघि उनले कतार विश्वकप नै उनको खेल जीवनको अन्तिम विश्वकप हुने सङ्केत गरेका थिए। तर आर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले अमेरिका, क्यानडा अनि मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने सन् २०२६को विश्वकप प्रतियोगितामा मेस्सीलाई टोलीमा समावेश गर्न चाहेको टिप्पणी गरेका छन्।

”पहिलो कुरा त सन् २०२६को विश्वकपका लागि उनको स्थान हामीले सुरक्षित गर्नुपर्ने हुन्छ,” उनले भने।

”हामीसँग खेल्न चाहे उनी हामीसँग हुनेछन्। आर्जेन्टिनासँग खेल्ने/नखेल्ने वा आफ्नो खेल जीवनबारे निर्णय गर्ने अधिकार उनीमा निहित छ।”

”उनी र उनको टोलीका खेलाडीहरूलाई प्रशिक्षण गर्न पाउनु व्यापक खुसीको कुरा हो।’

वि.सं.२०७९ पुस ४ सोमवार १४:३१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...