back
CTIZAN AD

उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न सभापति देउवालाई थापाको आग्रह

वि.सं.२०७९ पुस ५ मंगलवार

648 

shares

काठमाडौं । नेपाल कांग्रेसका महामन्त्री गगन कुमार थापाले सभापति देउवालाई ऐतिहासिक निर्णय गर्न आग्रह गरेका छन् ।

पार्टीको संसदीय दलको नेता चयनका लागि बुधबार हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराउने क्रममा महामन्त्री थापाले उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्न सभापति देउवालाई आग्रह गरेका हुन् ।

नेता शेखर कोइराला प्रस्तावक र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका थापाले अर्का वरिष्ठ नेता रामचन्द्र पौडेललाई कांग्रेसको भविष्यप्रति चिन्ता गरेर परिवर्तनको सन्देश मनन गर्न आग्रह गरेका छन् ।

थापा भन्दा अगाडि संसदीय नेताका लागि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

महामन्त्री तथा नवनिर्वाचित सांसद थापाले आफ्ना प्रस्तावक र समर्थकलाई धन्यवाद दिँदै कांग्रेसका सांसदलाई जनमतको सम्मान गर्न र परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भोली बुधबार बिहान ८ देखि १० बजेसम्म निर्वाचन हुनेछ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १५:३५ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...