back
CTIZAN AD

संसदीय दलको नेतामा देउवा भारी मतका साथ विजयी हुने उपसभापति खड्काको दावी

वि.सं.२०७९ पुस ५ मंगलवार

849 

shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले पार्टीको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा भारी मतका साथ विजयी हुने दावी गरेका छन् ।

देउवालाई संसदीय दलको नेतामा उम्मेदवारी दर्ताका लागि समर्थक बनेका खड्काले अधिकांश सांसदहरुको साथ देउवालाई रहेकाले संसदीय दलको नेतामा देउवा नै निर्वाचित हुने संचारकर्मी समक्ष बताएका छन् ।

राजनीतिक दल र मुलुकलाई एकताबद्ध गराउन दलको नेतामा देउवाले उम्मेदवारी दिएको बताउँदै उपसभापति खड्काले संचारकर्मीसँग भने– ’गठबन्धन दललाई मिलाउन देउवाले सक्नुहुन्छ । अन्य दलले पनि उहाँलाई स्वीकार्नुहुन्छ । त्यसले देउवाजी भारी मतका साथ दलको नेता चुनिनुहुन्छ ।’

संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका थिए भने खड्काको समर्थन रहेको थियो ।

यता महामन्त्री गगन कुमार थापाले पनि नेता शेखर कोइराला प्रस्तावक र विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थनमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

मनोनयन दर्तापछि उम्मेदवारको अन्तिम नामावली आज नै प्रकाशन गर्ने कांग्रेसले जनाएको छ । निर्वाचन भोली बिहान ८ देखि १० बजेसम्म कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १५:५९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...