back
CTIZAN AD

कांग्रेस संसदीय दलमा देउवा बलियो कि गगन ?

वि.सं.२०७९ पुस ५ मंगलवार

1.1K 

shares

काठमाडौं । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएसँगै दलको नेता को बन्ला भन्ने चासो सर्वत्र बढेको छ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र गगन थापा दलको नेतृत्व लिने लडाईंमा देखिएका छन् ।

देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल रहेका छन् भने थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् ।

मनोनय दर्ताको अवस्थासम्म विगतमा संस्थापन समूह नजिक देखिएको कृष्णप्रसाद सिटौला समूह थापाको पक्षमा उभिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु देउवाको पक्षमा खुलेका छन् ।

अर्का महान्त्री विश्वप्रकाश शर्मा पनि थापाको पक्षमा उभिएका छन् ।

सभापति देउवा सुरुदेखि नै सर्वसम्मत दलको नेता बन्नमा प्रयासरत थिए । संस्थापन इतर समूह विभाजित भएको र उक्त समूहको चुनौति अर्थपूर्णं नहुने संस्थापन पक्षको भनाई थियो । तर, लामो कसरत पछि भने कांग्रेसभित्र बेग्लै समीकरणको प्रयास भएको छ । जुन देउवाका निम्ति बलियो चुनौतिको रुपमा अगाडि आएको छ ।

सफल भएन सर्वसम्मतको प्रयास

पाँच वर्ष अघि संसदीय दलको नेता चयन गरे जस्तै गरी संस्थापन समूह यसपटक पनि सर्वसम्मत नेता चयनको प्रयासमा थियो । संस्थापन समूहले देउवाका निम्ति अर्को कुनै नेतृत्व चुनौतिको रुपमा नआउने आशा पनि लिएको थियो ।

सोमबार मात्रै संस्थापन पक्षका नेता एवम् कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सर्वसम्मत नेता चयन हुने विश्वास व्यक्त गरेका थिए । उनले चुनाव हुने झिनो सम्भावना रहेको बताएका थिए । उनले सर्वसम्मत नभएपनि देउवा सहजै नेता बन्ने उनको भनाई थियो ।

“दलको नेता सर्वसम्मतरुपमै चयन हुनेमा हामी आशावादी छौं”, उनले भनेका थिए, “कुरा मिलेन भने चुनाव होला तर, त्यो चुनाव सभापति ज्यूका निम्ति असहज हुँदैन ।”

उनले चुनाव भइहाले पाँच वर्ष अघिको जस्तै परिणाम आउने पनि बताएका छन् । तत्कालिन समय देउवा र नेता प्रकाशमान सिंहबीच संसदीय दलको नेताको लागि प्रतिस्पर्धा भएको थियो । त्यो बेला कुल ६३ सांसद रहेको कांग्रेसमा देउवाका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याउँदा देउवाले ४४ मत ल्याएका थिए।

तर, महतले भनेजस्तै पाँच वर्ष अघि जस्तै अंकगणित यसपटक देखिन्न । थापा देउवाका निम्ति बलियो प्रतिस्पर्धीका रुपमा आएको आकंलन कांग्रेसभित्रै र बाहिर पनि भएको छ ।

संसदीय दलमा को बलियो ?

प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कुल ८९ सांसद रहेका छन्। जसमध्ये बहुमतभन्दा बढी सदस्य आफ्नो पक्षमा रहेको संस्थापन पक्षले दाबी गरेको छ ।

देउवा पक्षका एक नेताले बताएअनुसार ८९ सांसदमध्ये ५४ सांसद देउवाको पक्षमा खुलीसकेका छन् । उनको आंकलनअनुसार संस्थापन इतरको समूहमा ३५ सांसद छन् । जुन संख्या देउवा अनुकुल हो ।

तर, संस्थापन इतरका नेताहरु देउवाको पक्षमा ४० जना मात्रै रहेको दाबी गर्दछन् । उनीहरुका अनुसार देउवाकै नजिक मानिएकै पनि अन्तिममा थप कित्ता परिवर्तन गर्नेछन् ।

महाधिवेशनको समय देउवा पक्षमै रहेका कृष्णप्रसाद सिटौला पक्ष संसदीय दलको निर्वाचनमा थापाको पक्षमा देखिएको छ । जसको कारण थापाको पक्षमा केही थपिने सम्भावना छ ।

यसलाई हेर्दा, दुईबीच बलियो प्रतिस्पर्धा हुनसक्छ ।

वि.सं.२०७९ पुस ५ मंगलवार १६:०६ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...