back
CTIZAN AD

‘एक्लै फर्किन्‍नँ’ भनेका राजेन्द्र लिङ्देन १४ सांसदसहित संसद छिर्दै

वि.सं.२०७९ पुस ७ बिहीवार

894 

shares

काठमाडौं । ‘सबै माननीय सदस्यहरूलाई सांसदको विजयका लागि, उपस्थितिका लागि शुभकामना व्यक्त गर्दछु । म पनि प्रयास गर्नेछु, एक्लो सांसद होइन, बलियो पार्टीको रुपमा यहाँ उपस्थित हुने र यस प्रकारका निर्णय (संसदमा हुने गलत निर्णय) हुन नदिने भूमिका निर्वाह गर्ने संकल्प र अठोटका साथ जनताको बीचमा जाँदै छु,’ गत १९ भदौमा बसेको प्रतिनिधिसभा बैठक राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए ।

तत्कालीन प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउन खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका उनले ४ मंसिरमा हुने निर्वाचनबाट एक्लै सांसदको रुपमा संसद भवनमा नआउने बताएका थिए । अर्थात् संख्या बढाएर आफू संसद बैठकमा उपस्थित हुने उनको प्रतिज्ञा थियो ।

२०७४ सालको निर्वाचनमा राप्रपाबाट लिङ्देन एक्लैले चुनाव जितेका थिए । तत्कालीन प्रतिनिधिसभामा राप्रपाबाट उनले मात्र प्रतिनिधित्व गरेका थिए । १९ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा रोष्ट्रम प्रयोग गरेर उनले सांसद पदबाट राजीनामा घोषणा र सेवासुविधा उपलब्ध नगराउन संसद सचिवालयलाई आग्रह गर्दै आउने संसदमा संख्या बढाएर फर्किने बताएका थिए ।

उनले निर्वाचनपछि गलत निर्णय रोक्न सक्ने क्षमतासहितको बलियो पार्टीको रुपमा संसदमा राप्रपालाई उपस्थित गराउने बताएका थिए ।
४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले बैठकमा भनेका थिए, ‘अध्यक्ष हुनुको नाताले आउने चुनावमा संसदमा प्रभावकारी आफ्नो उपस्थिति बनाउनका लागि जनताकै बीचमा समय खर्चिनुपर्छ । अब भत्ता पकाउनमात्रै संसद आइँदैन भनेर आउन छोडेको थिएँ । तर, पछिल्लो दिनमा संसदको आयू मंसिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएका छन् । त्यसले मलाई असाध्यै लज्जित र दुःखी तुल्याएको छ । यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलबभत्ता सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने निमानुसार लेखेर पनि दिन्छु ।’

एक्लो सांसदको रुपमा मात्र नभएर गलत निर्णय रोक्न सक्ने क्षमतासहित राप्रपालाई संसदमा उपस्थित गराउने दाबी गर्दै १९ भदौमा प्रतिनिधिसभा बैठकमा भनेका लिङ्देनले आफ्नो वाचा पूरा गरेका छन् ।

४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले सात सिट प्रत्यक्षमा र सात सिट समानुपातिकमा जितेको छ । राप्रपा संसदीय दलका नेतासमेत रहेका लिङ्देन बिहीबार एक्लै नभएर आफ्ना १४ सांसदसहित प्रतिनिधिसभा सदस्यको शपथ खान नयाँ बानेश्वरस्थित संसद भवन छिर्दैछन् ।

संसदमा पाँचौ शक्तिशाली पार्टीको रुपमा राप्रपा रहनेछ । कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीपछि राप्रपालाई पाँचौं शक्तिशाली पार्टीको अध्यक्ष लिङ्देन संसदमा उपस्थित गराएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचितथ प्रतिनिधिसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

वि.सं.२०७९ पुस ७ बिहीवार ११:४३ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...