back
CTIZAN AD

नेपालमै पहिलो पटक डिजिटल बैंक, नबिलले गर्यो सुरुवात

वि.सं.२०७९ पुस ८ शुक्रवार

1.3K 

shares

काठमाडौं । नेपालमा नै पहिलो पटक डिजिटल बैंकको सुरुवात भएको छ । यसको सुरुवात नविल बैंकले गरेको छ । बैंकले बिहीबार भर्चुअल कार्यक्रम गरी एन बैंक (नियो बैंक) को शुभारम्भ गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल, उपाध्यक्ष निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एनबैंक एण्ड अपरेसनका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले संयुक्तरूपमा एनबैंकको शुभारम्भ गरेका थिए । यससँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको बैंकले जनाएको छ । मोबाइल बैंकिङ एपलाई पूर्णरुपमा परिमार्जन गर्दै एनबैंकको शुभारम्भ गरेपछि नबिल नेपालको बैकिङ इतिहासमा नै डिजिटल बैंकिङको नेतृत्व गर्ने बैंक भएको छ ।

नबिलले एनबैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको हो । यस अबसरमा बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एनबैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउने र दीगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष चौधरीले भने, ‘एनबैंकको शुभारम्भसँगै अब बैंकिङ क्षेत्रमा ‘परिवर्तन’को नेतृत्व नबिल बैंकले गर्नेछ । ग्राहकहरूले जुनसुकै समय र स्थानबाट पनि डिजिटल बैंकिङ सेवाहरू प्राप्त गर्न सक्ने यो नवीन प्रविधिले बैंकिङमा नयाँ तरङ्ग ल्याएको छ ।’ उपभोक्ताले विश्वस्नीयता र व्यक्तिगत अनुभवद्वारा मूल्याङ्कन गर्ने बताउँदै उनले भने, ‘एनबैंक कुनै पनि भौतिक शाखाविनाको निजीकृत भर्चुअल बैंकिङ हो ।’

एनबैंक (नियो बैंक) – मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंकिङ सेवा हो । यो सेवा पहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका सेवाग्राहीहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ । यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ ।

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एनबैंकमार्फत खाता खोल्ने, निक्षेप, कर्जा, भुक्तानीलगायत सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग गर्न सक्नेछन् । एनबैंकले समय र लागतमा ठूलो बचत हुने बताउँदै उपाध्यक्ष चौधरीले अबको बैंकिङ भविष्य डिजिटल बैंक नै रहेको स्पष्ट गरेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले डिजिटल बैंकको नेतृत्व गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । ‘एनबैंकको औपचारिक शुभारम्भ भएको घोषणा गर्न पाउँदा म हर्षित छु । हामीले सबै डाटा माइग्रेसन र प्रणाली अपग्रेड पूरा गरेका छौं र आज नबिल स्मार्टबैंक एप उत्कृष्ट बैंकिङ अनुभवको लागि एनबैंकमा परिणत भएको छ ।’ अनलाइन बैंकिङ रोज्ने ग्राहकलाई एनबैंकले आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा दिने उनले बताए ।

नबिल बैंकका डिसिइओ विनयकुमार रेग्मीले नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको बताए । ‘आज पूर्णतया डिजिटल बैंक, एनबैंक शुभारम्भ गरेर नेपाली बैंकिङ उद्योगमा नवयुगको सुरुवात भएको छ,’ रेग्मीले भने, नबिल बैंकले डिजिटल प्रविधिमा अगुवाई गरिरहेको छ, हामीले डिजिटल उत्पादन र सेवाहरू सिर्जना गरेका छौं जसले तपाईंको बैंकिङ सेवा लिने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’

के हो एन बैंक, कसरी उपयोग गर्ने ?
एनबैंक (नियो बैंक) – मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंकिङ सेवा हो । यो सेवा पहिले नै नबिल स्मार्टबैंक एप प्रयोग गरिरहेका सेवाग्राहीहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एनबैंकको ‘एन’ मा परिणत हुन्छ । यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ ।

नबिल बैंकमा खाता नखोलेका सेवाग्राहीहरुले पनि अब आफ्नो मोबाइलमा रहेको एनबैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एनबैंकमार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ ।

अबदेखि एनबैंक एपबाट सेवाग्राहीहरु सिधै बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनेसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् ।

 

यस्ता छन् एन बैंकका प्रमुख ५ विशेषताहरु
१. ३० सेकेन्ड मै खाता खोल्न सकिने
एनबैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एनबैंक एपबाट सिधै गर्न सक्नेछन् ।

२. डिजिटल कर्जा
सेवाग्रहीहरूले आफ्नो एनबैंक एपबाट सिधै कर्जाको लागि डिजिटल आवेदन दिन सक्नेछन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिने बैंकले जनाएकोछ ।
सेवाग्राहीले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्नेछन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गरेपछि योग्य सेवाग्राहीहरूले कर्जाको लागि दर्ता गर्न सक्नेछन् । सेवाग्राहीहरुले एनबैंक एपबाट सीधै तोकिएको सीमासम्म आवेदन दिन सक्नेछन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी झनजट बेहोर्नुपर्ने छैन ।

३. एन–रेमिट
नेपाल भित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर पनि अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्ने बैंकले जनाएको छ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछन् ।

४. अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने सेवा ग्राहीहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एनबैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।

५. २४ सै घण्टा सातै दिन सेवा
बैंकले आफ्ना सेवाग्राहीहरुलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एनबैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको जनाएको छ ।

उपरोक्त बाहेक, ग्राहकले आफ्नो एपबाट सीधै बैंकिङ सेवाहरूको होस्टको लागि पनि आवेदन दिन सक्नेछन्ः
क) नयाँ डेबिट कार्ड
ख) डेबिट कार्ड प्रतिस्थापन
ग) क्रेडिट कार्ड
घ) व्यक्तिगत ऋण

यसका अलवा, निम्न सूचना सेवाहरू पनि एपबाट पहुँच गर्न सकिन्छः
क) सम्पर्क
ख) शाखाहरू÷एटीएमहरू
ग) ब्याजदर
घ) विनिमयदर
ङ) इएमआई क्याल्कुलेटर

एनबैंकमार्फत् नविलले सेवाग्राहीहरूले आफूले प्रयोग गर्दै आएको मोबाइल बैंकिङ एपमा प्रयोग गर्ने सबै कम गर्न सक्नेछन् भने बैंकले यो सफ्टवेरको सुरुवात गरेर सम्पूर्ण बैंकिङ क्षेत्रलाई एक पटक पुनः नयाँ उदाहरण पेश गरेको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार ११:२९ मा प्रकाशित

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

लमजुङ । मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...