back
CTIZAN AD

कोरोना संक्रणको जोखिम पुनः बढेको भन्दै अनिवार्य मास्क लगाउन मन्त्रालयको आग्रह

वि.सं.२०७९ पुस ८ शुक्रवार

651 

shares

काठमाडौं । छिमेकी देशमा भयावह रुपमा फैलिएको कोरोना संक्रमण तथा भारतमा पनि नयाँ भेरियन्ट देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले सजगता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले कोरोना भाइरसको संक्रमण फरक स्वरुपमा देखिएकाले यसबाट बच्न मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ ।

मन्त्रालयले शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भनेका छन् ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दूरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

पछिल्ला दिनमा केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुनुका साथै फैलिँदै गएकाले मन्त्रालयले यसमा निगरानी बढाउने तथा सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयले उक्त विज्ञप्तिमा जनाएको छ ।

मन्त्रालयले छिमेकी मुलुकमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको जानकारी दिँदै नेपाल प्रवेशका सम्पूर्ण नाकाहरुमा रहेको हेल्थ डेस्क तथा स्वास्थ्य संस्थाहरुले आवस्यक स्क्रिनिङ निगरानी, सर्तकता एवंम् आवस्यक तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ ।

वि.सं.२०७९ पुस ८ शुक्रवार ०९:२२ मा प्रकाशित

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

अनौपचारिक शिक्षा तथ्याङ्क एकीकृत गरिँदै

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय मातहतको शिक्षा तथा मानव...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...