काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा शुरु भई लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो ।
कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ‘रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजनेश अफिसर सुर्य प्रकाश गुप्ता, चिफ विजनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
वि.सं.२०७९ पुस ९ शनिवार ०८:२० मा प्रकाशित




























