back
CTIZAN AD

गाभिँदै बिमा कम्पनी : निर्जीवन १६ र जीवन बिमा १४ हुँदै, स्वाप रेसियो कति ?

वि.सं.२०७९ पुस ११ सोमवार

1.2K 

shares

काठमाडौं । नेपालमा हालसम्म ४१ बिमा कम्पनीहरु सन्चालनमा छन् । तिनीहरुमध्ये २० वटा निर्जीवन बिमा कम्पनी रहेका छन् भने १८ (भर्खरै दुई वटा जीवन बिमा कम्पनी एकापसमा गाभिएर एक भैसकेका छन्) जीवन बिमा कम्पनीहरु रहेका छन् । त्यस्तै २ वाटा पूनर्बीमा कम्पनीहरु रहेका छन् ।

गत वर्ष बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)ले बिमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गर्‍यो । बिमा समितिले गरेको निर्णयअनुसार आगामी चैत्रसम्ममा जीवन बिमा कम्पनीहरुले चुक्ता पूँजी पाँच अर्ब तथा निर्जीवन बिमा कम्पनीहरुले चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्‍याउनै पर्नेछ । चुक्ता पुँजी नपुगेका बिमा कम्पनीहरुले एकापसमा मर्ज गरेर वा राइट सेयर जारी गरेर चुक्ता पूँजी पुर्‍याउनु पर्ने देखिन्छ । त्यसमा बिमा कम्पनीहरुले दिने बोनस सेयरले पनि महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

कुन–कून कम्पनीका बीच हुँदैछ मर्जर ?

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सको स्वाप रेसियो १ः०८ हुने छ भने नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहने छ । सगरमाथा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ३३ करोड रहेको छ भने लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३१ करोड रहेको छ । यी दुई कम्पनी मर्ज भएपछि नयाँ बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स हुने छ । उक्त कम्पनीको चुक्ता पूँजी करिब दुई अर्ब ३८ करोड पुग्नेछ । दुईवटा कम्पनी मर्ज भएपछि पनि नियामक निकाय नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पूँजी दुई अर्ब ५० करोड पुग्दैन । त्यसका लागि नयाँ कम्पनीले राइट सेयर जारी गरेर चुक्तापूँजी पुर्‍याउनु पर्नेछ ।

सिद्धार्थ र प्रिमियर

मर्जरमा जान लागेका सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सको स्वाप रेसियो १ः१ प्रतिशत हुनेछ । गत असार २७ गते एकापसमा गाभिने निर्णय गरेका यी दुई कम्पनीहरुले फागुनको १ गतेबाट एकिकृत कारोबार गर्ने बुझिएको छ । हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २८ करोड ८० लाख रुपैयाँ छ भने प्रिमियर इन्स्योरेन्सको एक अर्ब २२ करोड ७६ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने नयाँ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ । जुन बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी दुई अर्ब ५० करोडभन्दा बढी हो ।

मर्जर सकेर ज्योति र सुर्या लाइफले सुरु गरे एकिकृत कारोबार

जीवन बिमा कम्पनीहरु मध्येका दुई कम्पनी ज्योति लाइफ र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले मर्जरको काम सकेर बिहिबारबाट सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार सुरु गरेका छन् । मर्जरमा जान गत असार १२ गते प्रारम्भिक समझदारी गरेका यी दुई कम्पनीले १ः०.८० प्रतिशतको रेसियोमा मर्ज मर्ज भएका हुन् । मर्जरपछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा केशब प्रसाद भट्टराई भएका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति लाइफबाट प्रकाश बिक्रम खत्री भइसकेका छन् । सूर्यलाईफका सिईओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएका छन्।

१ः०.८२ प्रतिशत रेसियोमा मर्ज भएका ज्योती लाइफको दुई अर्ब ४२ करोड र सुर्या लाइफको दुई अर्ब ५५ करोड रुपैयाँ सहित सुर्यज्योति लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी झण्डैं चार अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।

कहाँ पुग्यो प्राइम, गुराँस र युनियन लाइफको मर्जर प्रक्रिया ?

बिमा समितिले बिमा कम्पनीहरुको पूँजीबृद्धि गर्न गरेको निर्णय पश्चात प्राइम, गुराँस र युनियन लाइफले सबैभन्दा पहिले मर्जर सम्झौता गरेका थिए । यी कम्पनीले गत वर्षको वैशाख मै एक आपसमा गाभिने सम्झौता गरेका थिए । तर अहिलेसम्म पनि यी कम्पनीले मर्जरको प्रकृया भने टुङ्गाउन सकेका छैनन् । कम्पनीहरुको भ्यालुएसनको काम चलि रहेकोले मर्जरको काम सक्न ढिलाई भइरहेको बताइएको छ । तीनै कम्पनीको भ्यालुएसन सकिएर स्वीकृत हुने बित्तिकै मर्जर प्रक्रिया टुङ्गोमा पुग्ने स्रोतले संसार न्यूजलाई बतायो ।

स्रोतका अनुसार प्राइम लाइफ र युनियन लाइफको अघिल्लो आ.ब.को भ्यालुएसनको काम सम्पन्न भइसकेको छ । ‘सबै कम्पनीको भ्यालुएसन सकिएपछि कम्पनीहरुकाबीच हुने मर्जरको रेसियो टुङ्गो लाग्ने छ,’ स्रोतले भन्यो, ‘नियामक निकायले दिएको अबधि चैत्र भित्रमा नै मर्जर प्रकृया सकाएर एकिकृत कारोबार सुरु हुन्छ ।’

चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार प्राइम लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी दुई अर्ब ७७ करोड, युनियन लाइफको दुई अर्ब १५ करोड र गुँरास लाइफको दुई अर्ब २३ करोड रुपैयाँ छ । यदि तीनवटै बीमा कम्पनी १ः१ को स्वाप रेसियोमा गाभिए चुक्ता पुँजी कूल सात अर्ब १५ करोड रुपैयाँ हुनेछ भने मर्जरपछि बन्ने कम्पनीको नाम, अध्यक्ष, सीईओलगायतको पनि टुङ्गो लाग्न बाँकी छ ।

प्रभु र महालक्ष्मी

प्रभु र महालक्ष्मी इन्स्योरेन्स कम्पनीहरु पनि मर्जर प्रकृयामा छन् । मर्जरका लागि गत असार ३० गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका यी जीवन बिमा कम्पनीहरुले पनि मर्जर प्रकृया अघि बढाइरहेका छन् । यी कम्पनीहरुको पनि एक्चुरीको भ्याल्युएसन पास भएको छैन । भ्याल्युएसन पास भइसकेपछि मर्जर प्रकृया अघि बढ्ने बताईएको छ भने अन्य आन्तरिक कार्यहरु भैरहेको बताईएकोे छ ।

दुबै कम्पनीहरु १ः१को स्वाप रेसियोमा मर्ज हुन लागेका छन् । मर्जरपछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ भने नयाँ कम्पनीको अध्यक्षमा प्रभु लाइफका सुभाव अमात्य रहेनछन् । त्यस्तै कम्पनीको सिईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार हुनेछन् । मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी चार अर्ब १० करोड रुपैयाँ पुग्ने जनाईएको छ । यी कम्पनीहरुमध्ये महालक्ष्मी लाईफले प्रथमिक सेयर निस्कासन गरेको छैन् ।

रिलायन्स र सानिमा लाइफ

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीहरु पनि पनि मर्जरको अन्तिम चरणमा छन् । यी कम्पनीहरु पनि १ः१ स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । यस विषयमा दुई कम्पनीहरुबीच गत असार २९ गते नै मर्जमा जानेगरि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जर पश्चात रिलायन्स लाइफको दुई अर्ब १० करोड र सानिमा लाईफको दुई अर्ब गरि कूल चार अर्ब १० करोड चुक्तापूँजी पुग्ने छ । यी दुई कम्पनी मर्जर भए पनि तोकिएको पूँजी पुयाउन ९० करोड अपुग हुने देखिन्छ । जसका लागि दुबै कम्पनीले दिने बोनस सेयरको आधारमा राईट सेयर जारी गर्नु पर्ने देखिन्छ ।

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जान लागेका छन् । १ः०८ स्वाप रेसियोमा यी कम्पनीहरु मर्जर हुने सम्झौता भइसकेको छ। हाल प्रभुको एक अर्ब २८ करोड र अजोडको एक अर्ब रूपैयाँ चुक्ता पुँजी छ। मर्जरपश्चात् बन्ने कम्पनीको चुक्ता पुँजी दुई अर्ब आठ करोड रूपैयाँ हुनेछ ।

सानिमा जनरल र जनरल इन्स्योरेन्स

सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच पनि १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने सम्झौता भएको छ । हाल सानिमा र जनरल इन्स्योरेन्स दुवैको चुक्ता पुँजी एक/एक अर्ब रूपैयाँ छ । मर्जरपश्चात् बन्ने कम्पनीको पुँजी दुई अर्ब रूपैयाँ पुग्नेछ। यो कम्पनीले थप ५० करोड रूपैयाँले पुँजी थप्नुपर्ने हुन्छ । त्यसका लागि नयाँ कम्पनीले राईट सेयर जारी गर्नुपर्ने देखिन्छ ।

हिमालयन र एभरेष्ट

गत भदौ एक गतेबाट नै हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार सुरु गरिसकेका छन् । यी कम्पनीहरुले १ः०.८ को स्वाप रेसियोमा मर्जरमा गैसकेका छन् । मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पूँजी दुई अर्ब २३ करोड पुगेकोछ ।

वि.सं.२०७९ पुस ११ सोमवार १२:१२ मा प्रकाशित

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

नेपाल टेलिकमद्वारा प्रिपेड ग्राहकका लागि स्वतः नवीकरण हुने सब्स्क्रिप्सन–आधारित प्याकेज सार्वजनिक

काठमाडाैँ । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि मासिक रूपमा...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...