back
CTIZAN AD

साझा सदभावको कोरियामा क्षेत्रगत समूह गठन अभियान तीब्र

वि.सं.२०७३ चैत २२ मंगलवार

744 

shares

sajha-party-ulsan
पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन साझा सदभाव समूह केन्द्र दक्षिण कोरियाको प्रथम वैठक सम्पन्न भएको छ । प्रत्येक समूह क्षेत्रको संयोजक र उप–संयोजक स्वतः माथिल्लो समूहको सदस्य हुने साझा पार्टी केन्द्रको निर्देशिका वमोजिम कोरिया केन्द्रको सदस्यहरुको परिचयात्मक भेटघाट तथा प्रथम केन्द्र सदस्य वैठक बसिएको फोछन सी संयोजक तथा कोरिया केन्द्र सदस्य मानबहादुर विष्टले बताए ।

बैठकमा आफ्नो भनाई राख्दै ख्याङ्गी दो ग्वाङ्जु क्षेत्र संयोजक तथा कोरिया केन्द्र सदस्य रुद्र चापागाईले साझा सदभाव समूह कोरियालाई मर्यादित र व्यावस्थित गर्नको लागि पछि हुने केन्द्रको भेलाले फेरवदल गर्न सक्ने गरी अन्तरिम कार्य–विभाजन अन्तर्गत विभिन्न विभागीय प्रस्ताव अघि सारेका थिए । विभागीय जिम्मेवारी दिइने प्रस्तावमा केन्द्र समन्वय मिलनकान्छा किराती, अनुगमन, अनुशासन विभागः वैरागी माईला लक्ष्मण पाण्डे, सञ्जीव घिमिरे, सङ्गम सिलवाल, उद्यम, व्यवस्थापन तथा योजना विभागः धर्मराज जोशी, विनोद वाग्ले, प्रेस तथा सञ्चार विभागः विश्व रोका, कमलप्रसाद न्यौपाने, संगठन विभागः दीपेन किराती, खिमानन्द सापकोटा, हरी चालिसे, सरोज पाण्डे, आर्थिक विभागः मान बहादुर विष्ट, अमृत अधिकारी, दामोदर पौडेल, खेलकुद विभागः रामप्रसाद शर्मा, मिलन ज्ञावली रहेका छन ।

sajha-sangnamसमूहगत रुपमा मिलन कान्छा किराती (सोल संयोजक), वैरागी माइला लक्ष्मण पाण्डे (सोल उपसंयोजक), सञ्जीव घिमिरे (खिम्फो संयोजक), सङ्गम सिलवाल (ख्वाङ्जु संयोजक), धर्मराज जोशी (ख्याङ्गी दो संयोजक), विनोद वाग्ले (फारान उपसंयोजक), विश्व रोका (उल्सान संयोजक), कमलप्रसाद न्यौपाने किम्हे (संयोजन गरिरहेको), दीपेन किराती (सोल उपसंयोजक), खिमानन्द  सापकोटा (ससान संयोजक), हरि चालिसे (ससान उपसंयोजक), सरोज पाण्डे (याङ्जु संयोजक), मानबहादुर विष्ट (फोछन संयोजक), अमृत अधिकारी (फारान संयोजक), दामोदर पौडेल (उल्सान उपसंयोजक), रामप्रसाद शर्मा (ख्यङ्गी दो उपसंयोजक), मिलन ज्ञावली ख्वाङ्जु उपसंयोजकको हैसियतले कोरिया केन्द्रमा प्रतिनिधित्व गरेका छन । अरु समूहहरु बन्ने क्रममा रहेकाले बनिसके पछि केन्द्र प्रतिनिधिहरुलाई कोरिया केन्द्रको सर्वसहमतिमा आवश्यक जिम्मेवारी दिइने छ ।

परिचयात्मक भेटघाट तथा प्रथम बैठकमा केही प्रतिनिधिहरु कार्य व्यस्तताले उपस्थित हुन नसकेका कारणले विभागीय जिम्मेवारीको टुङ्गो आगामी हुने वैठकमा निर्णय गरिने कोरिया केन्द्र सदस्य तथा प्रस्तावित अनुगमन, अनुशासन विभाग प्रमूख वैरागी माइला लक्ष्मण पाण्डेले बत्ताए । सो वैठकले सचिवालयको जिम्मेवारी ख्यङ्गी दो ग्वाङ्जु संयोजक तथा कोरिया केन्द्र सदस्य रुद्र चापागाईलाई दिइएको छ । साझा सदभाव समूह ससान, उल्सान, खजेदो क्षेत्र आजैमात्र औपचारिक गठन भएको मिलन कान्छा किरातीले जानकारी दिए ।

वि.सं.२०७३ चैत २२ मंगलवार ०६:२२ मा प्रकाशित