काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानले निजी सुरक्षाका लागि खटाइएका कर्मचारीहरु ४८ घण्टाभित्र फर्काउन निर्देशन दिएका छन् ।
मंगलबार गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्धारा जारी विज्ञप्तिमा कार्यविधिमा व्यवस्था गरिएको भन्दा बिपरित सेवा सुबिधा लगायत व्यक्तिगत सुरक्षाकर्मी सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न भनिएको छ ।
‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७’ जारी भई हाल कार्यान्वयनमा रहेको छ । बहालवाला तथा पूर्वकर्मचारी/सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेकोछ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा बिपरित सेवा सुबिधा लगायत व्यक्तिगत सुरक्षाकर्मी सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरि सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ ।’

वि.सं.२०७९ पुस १२ मंगलवार १५:०६ मा प्रकाशित






























