back

अध्यक्ष नेपाल भन्छन्–राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको छ

वि.सं.२०७९ पुस १२ मंगलवार

39 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताएका छन् ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताएका छन् ।

राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तह तप्काका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै जनताको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

राजनीतिमा देश र जनताको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उहाँले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गरे । उनले पार्टीका तर्फबाट जननिर्वाचित भएका नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिए ।

 

वि.सं.२०७९ पुस १२ मंगलवार १९:५९ मा प्रकाशित

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...