काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ओली सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनुका साथै अन्य सदस्य पछि थप गर्ने गरी सत्ता गठबन्धनको संयोजकत्वमा ओलीलाई चयन भएका थिए ।
वि.सं.२०७९ पुस १५ शुक्रवार ०९:५० मा प्रकाशित






























