काठमाडौं । आजदेखि नेपाल दूरसंचार प्राधिकरणमा दर्ता नभएका मोबाइल सेट नचल्ने भएका छन् ।
मोबाइल सेटको गैरकानुनी आयात, विक्रि वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न प्राधिकरणले परीक्षणका रुपमा लागु गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट आजदेखि कार्यान्वयनमा गरेकोे प्राधिकरणको सूचनामा उल्लेखछ ।
‘विदेशबाट आउने नेपालीहरुले निजी प्रयोजनका लागि आफ्नो साथमा (एमडिएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्र भन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरुको (१५ डिजिट को आइएमइ नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट ज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्नुहुन अनुरोध छ ।’ प्राधिकरणले भनेको छ ।

वि.सं.२०७९ पुस १५ शुक्रवार १०:१५ मा प्रकाशित






























