back
CTIZAN AD

१२ तलाबाट हाम फाल्नुअघि पाण्डेले भनेका थिए–‘दाइ मेरो शव नेपाल पठाइदिनुहोला है’

वि.सं.२०७९ पुस १५ शुक्रवार

813 

shares

काठमाडौं । कम्बोडिया र थाइल्यान्ड सीमा नजिकै रहेको पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा आगलागीमा परेर मृत्यु भएका झापाका निराकार पाण्डे १ महिना अघिमात्र कम्बोडिया पुगेका थिए ।

केही महिना अघि कम्बोडिया पुगेर दशैं र तिहार मनाउन नेपाल फर्किएका झापा बिर्तामोड नगरपालिका १ का पाण्डे पुन : भिजिट भिसामा एक महिना अघिमात्र कम्बोडिया पुगेका थिए ।

बिहीबार रातिदेखि उनी बसेको होटलमा आगलागी हुँदा उनले एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कासँग आगलागी बारे जानकारी दिँदै उनलाई भ्वाइस म्यासेज समेत पठाएका थिए ।

‘तल ग्राउन्डबाट आगो लाग्यो । उहाँ १२ तलामा हुनुहुन्थ्यो । सुतिरहेको उहाँ उठेर आत्तिदै आगो लागेको बताएर सहयोग माग्नु भयो । हामीले उद्धारको प्रयास गर्छौ भनेका थियौं । तर, उहाँ १२ तलमाथिबाट हामफाल्नु भएछ ।’ खड्काले संसारन्युजसँग भने ।

लालसिंह खड्का, अध्यक्ष एनआरएनए, कम्बोडिया

 

अध्यक्ष खड्काले उक्त होटलमा अन्य २–३ जना नेपालीपनि कार्यरत रहेको तर उनीहरुको अवस्थाबारे आफुहरुले पत्ता लगाउने प्रयास गरिरहेको पनि बताए ।

‘अहिलेसम्म २६ जनाको शब निकालिएको छ । अन्य २–३ जना नेपाली पनि कार्यरत हुनुहुन्छ भन्ने सुनेको थिए । तर, उहाँहरुको अवस्था कस्तो छ भनेर पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ खड्काले भने ।

मृतक पाण्डेका परिवारले उनको शब पठाउनका लागि नेपालस्थित परारष्ट्र मन्त्रालयमार्फत् पहल गरेपछि आफुहरु तत्कालै शब पठाउने बताएका छन् ।

‘उहाँको परिवारले परराष्ट्र मन्त्रालयमा निवदेन दिनासाथ हामी यहाँ प्रोसेस गर्छौ । हामी शब पठाउन तयारी अवस्थामा छौं ।’ उनले आफुहरुले उनको शब बुझिसकेको जानकारी दिएका छन् ।

पाण्डेले होटलमा आगलागी भइरहँदा अध्यक्ष खड्कालाई हृदयविदारक भ्वाइस म्यासेज पठाएका थिए । उनले ‘दाइ ग्राण्ड डायमन्ड सिटी होटेलमा भिषण आगलागी भएको छ । बाँचे भने तपाईलाई फोन गर्छु । मरे भने मेरो शव नेपाल पठाइदिनुहोला ।’ पाण्डेले आफ्नो घर झापा १ मा रहेको र उनी अग्निप्रसाद पाण्डेको छोरा रहेको समेत भ्वाइस म्यासेजमा पठाएको खड्काले जानकारी दिएका छन् ।

अध्यक्ष खड्काका अनुसार मृत्यु हुनेमा निराकार पाण्डेसहित चाइना, मलेसिया लगायत देशका कामदारहरु रहेका छन् । उनले अहिलेसम्म २६ जनाको शव निकालिएको बताए ।

कम्बोडियामा झण्डै साढे दुईसय नेपालीहरु कार्यरत रहेको र संघमा ६५ भन्दा बढी आवद्ध रहेको पनि अध्यक्ष खड्काले जानकारी दिए ।

कम्बोडियाको होटलमा आगलागी हुँदा एक नेपालीको मृत्यु

 

वि.सं.२०७९ पुस १५ शुक्रवार १५:२४ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...