back
CTIZAN AD

बक्सअफिसमा सलमान र ऐश्वर्याको टक्कर

वि.सं.२०७९ पुस १५ शुक्रवार

630 

shares

काठमाडाैं । जब सलमान खानको फिल्म रिलिज हुन्छ, त्यो समयमा बक्सअफिसमा अरु कुनै स्टार या निर्देशकको फिल्म उनीसँग भिड्दैनन् । सबैलाई यो पनि थाहा छ कि सलमानको अगाडि अर्को फिल्म टिक्दैन । चाहे त्यो सानो बजेटको फिल्म होस् या ठूलो बजेटको अथवा ठूला स्टारको या सानो स्टारको ।

तर, सन् २०२३ केही फरक हुँदै छ । सलमानको आउन लागेको फिल्म ‘किसीका भाइ किसीकी जान’सँग भिड्न भने उनको पूर्व प्रेमिका ऐश्वर्या राय बच्चनको फिल्म ‘पोन्नियिन सेल्वन २’ भिड्दैछ । यो पेन इण्डिया फिल्म ‘किसीका भाइ किसीकी जान’को एक साता पछि रिलिज हुँदै छ ।

सलमानको फिल्म अप्रिल १८ मा रिलिज हुँदै छ । यो अवस्थामा सलमानको फिल्मको टिकटको कमाई एक सातासम्म मात्र हुनेछ । त्यसपछि ऐश्वर्याको फिल्मले त्यसमा ब्रेक लगाउँदैछ ।

सलमानको फिल्म यही डिसेम्बरमा रिलिज हुने तयारीमा थियो । तर सन् २०२२ को बक्सअफिसको खराब अवस्था देखेर यसको मिति सारिएको हो । प्रायः सलमानको फिल्म इद या दिवालीमा रिलिज हुन्छ । त्यसकारण ‘किसीका भाई किसी की जान’लाई इदमा अर्थात २१ अप्रिलमा रिलिज गर्ने योजना बनाइएको थियो । तर, उनको अर्को फिल्म ‘टाइगर ३’ इदमा रिलिज हुने भएपछि यो फिल्मलाई दिवालीसम्म सारिएको छ ।

फिल्म ‘पोन्नियन सेल्वन २’ ११औँ शताब्दीको कथा हो । फिल्मले विश्वव्यापी रुपमा ५०० करोड बढी कारोबार गरेको थियो । हिन्दी बेल्टमा ‘पोन्नियन सेल्वन’ ५ हप्तासम्म चलेको थियो । सलमानको फिल्मको एक हप्ता पछि ऐश्वर्याको फिल्म रिलिज हुनुले सलमानलाई खतरा त छैन भन्ने चर्चा बलिउडमा छ । एजेन्सीबाट

वि.सं.२०७९ पुस १५ शुक्रवार १५:०२ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...