काठमाडौं । सन् २०२२ क्रिप्टोकरेन्सीका लगानीकर्ताहरुका लागि पनि दुःखद सावित भएको छ । चर्चित क्रिप्टोकरेन्सी ‘बिटक्वाइन’ को भाउ यस वर्ष ६५.४८% ले घटेको छ ।
सन् २०२२ को पहिलो दिन अर्थात जनवरी १ मा ४७ हजार ७ सय ३३ अमेरिकी डलर रहेको बिटक्वाइनको भाउ शुक्रबार १६ हजार ४ सय ८२ डलरमा सीमित भएको हो । सन् २०२१ को नोभेम्बरमा करिब ६५ हजार डलर नजिक पुगेको बिटक्वाइनको भाउ त्यसयता निरन्तर जासो घट्दै आएको छ ।
यता, सन् २०२३ मा बिटक्वाइनको प्रदर्शन झन् निराषजनक हुने देखिएको छ । स्टान्डर्ड चार्टर्डको एक अनुमान अनुसार सन् २०२३ मा बिटक्वाइनको भाउ भटेर ५ हजार डलरसम्म आउने देखिएको हो । सन् २०२२ मा चर्चित क्रिप्टो करेन्सी एक्सचेन्जहरु नै धरासायी बनेपछि लगानीकर्ताको मनोबल कमजोर भएको थियो ।
यता, ब्याजदरमा उच्च वृद्धि हुँदा पनि क्रिप्टोकरेन्सीमा प्रभाव परेको छ । सन् २०२३ मा बिटक्वाइनको भाउ घट्दै जाँदा सुनको भाउ भने बढ्दै जाने चार्टर्डको प्रक्षेपण रहेको छ । आगामी वर्ष सुनको भाउ प्रतिआउन्स २२ सय ५० डलर पुग्ने चार्टर्डको अनुमान छ ।
वि.सं.२०७९ पुस १५ शुक्रवार १५:०१ मा प्रकाशित






























