काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्ममा करिब १६ अर्ब रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । नेपाल बिमा प्राधिकरणको मंसिरसम्मको तथ्यांकअनुसार १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल १५ अर्ब ९७ करोड ८४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।
चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । याे अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै १ अर्ब ५४ करोड ५ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
त्यसपछि, राष्ट्रिय बिमा कम्पनीले १ अर्ब ३४ करोड ७८ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब २९ करोड रुपैयाँ, चौंथोमा नेकको इन्स्योरेन्सले १ अर्ब २७ करोड रुपैयाँ र पाँचौमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
सगरमाथा, नेको, सिद्धार्थ र हिमालयन एभरेष्ट इन्सुरेन्सले पनि १ अर्ब भन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् । यसअवधिमा सबैभन्दा कम बिमा शुल्क आर्जन गर्नेमा नेसनल इन्सुरेन्स कम्पनी देखिएको छ । मंसिरसम्ममा यस इन्सुरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ मात्र बिमा शुल्क आम्दानी गरेको छ ।
कसले कति गरे बिमा शुल्क आम्दानी ?

वि.सं.२०७९ पुस १५ शुक्रवार १४:४९ मा प्रकाशित


























