back
CTIZAN AD

खल्तीबाट आइएमई लाइफ प्रिमियम भुक्तानी गर्दा हजार बोनस

वि.सं.२०७९ पुस १६ शनिवार

861 

shares

काठमाडौं । ‘खल्ती’ ले आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताका लागि बीमा प्रिमियम ‘खल्ती’बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा १ हजारसम्मको क्यासब्याक प्राप्त गर्नेछन् ।

यो सुविधामार्फत आइएमई लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन् । यस सेवाकाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘हाम्रा प्रयोगकर्ताले डिजिटल बानी बसाल्न यस प्रकारको कुनै पनि वित्तीय लेनदेनहरु निर्वाध रुपमा कार्यान्वयन गर्न सक्ने सुनिश्चित गर्न हामी निरन्तर काम गरिरहेका छौँ । यसले उनीहरुले समय र पैसा दुवै बचत गर्न सक्ने हामी विश्वास राख्दछौँ ।’

प्रयोगकर्ताले भुक्तानी गरेपछि १ हजारको बोनस तुरुन्तै पाउनेछन् । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दामात्रै बोनस प्राप्त हुनेछ ।

यसका साथै खल्तीले अर्को ठूलो अफर ल्याएको छ । जसअन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खातामार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२ इन्चको टीभी जित्ने सम्भावना रहेको छ । आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०७९ पुस १६ शनिवार १०:१७ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...