back

अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव आएको भन्ने कुरामा सत्यता छैन–तुलाधर

वि.सं.२०७९ पुस १७ आइतवार

48 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई गठबन्धनबाट राष्ट्रपतिको प्रस्ताव आएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

आइतबार पार्टीको स्थायी कमिटी बैठकबारे संचारकर्मीसँग कुरा गर्दै उपमहासचिव तुलाधरले यति ठूलो प्रस्ताव आउने भन्ने विषय पत्याउन नसकिने बताए ।

उनले अध्यक्ष नेपाललाई राष्ट्रपति भन्ने कुराले बैठकमा प्रवेशै नपाएको बताउँदै एमालेका तर्फबाट नेपाललाई राष्ट्रपतिको प्रस्ताव यतिछिटै आउला भन्ने कुरामा आफुलाई विश्वास नलागेको बताए ।

‘यो कुराले अहिलेसम्म हाम्रो बैठकमा प्रवेश पाएको छैन । कहाँबाट, कसरी आयो हावामा आयो, हावामा नै गयो जस्तो लाग्छ’ तुलाधरले भने, ‘नेकपा एमालेका तर्फबाट फेरि माधवकुमार नेपाल, एकीकृत समाजवादीको अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिटै, सजिलोसँग राख्लान् भन्ने मलाई लाग्दैन र गरेको हो भन्ने पनि मलाइ लाग्दैन ।’

 

 

वि.सं.२०७९ पुस १७ आइतवार १६:३७ मा प्रकाशित

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की...

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको...

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ जना घाइते

बैंकक । थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको...