back
CTIZAN AD

बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई कैद सजाय

वि.सं.२०७९ पुस १९ मंगलवार

789 

shares

सप्तरी । सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ ।

पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो । साथै आरोपितहरूको नजिकका नातेदार रहेका उनीहरूबाट रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउनुपर्ने पनि फैसला पनि भएको अदालतका श्रेस्तेदार कुमार मास्केले बताए ।
बलात्कारको घटनापछि आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाउँदै उनीहरुले पीडित परिवारलाई प्रहरीकहाँ उजुरी गरे गाउँ निकाला गर्ने र सामाजिक बहिष्कार गर्ने चेतावनी दिएका थिए । न्याय पाउने आशा मरेपछि घटनाको भोलिपल्टै पीडित बालिकाले आत्महत्या गरेकी जनाइएको छ ।

शत्रुघनका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाइ ४५ वर्षीय देबु मण्डल, सोही गाउँका ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय वासुदेव मण्डल, ४५ वर्षीय बिन्देश्वर मण्डल र वंशराज मण्डललाई जनही रु २० हजार जरिवाना गर्ने फैसला भएको छ । निजहरू सबैबाट समेत जनही रु २५ हजार पीडित परिवारलाई क्षतिपूर्तिवापतको रकम भराउने फैसला भएको अदालतका श्रेस्तेदार मास्केले बताए ।

सामूहिक बलात्कारका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि यही पुस २८ गतेको मिति निर्धारण गरिएको छ । बलात्कारको आरोपमा २०७७ असोज १ गते पक्राउ परेका दुई बालक अदालतको आदेशमा असोज २७ गतेदेखि पुर्पक्षका लागि बाल सुधारगृह वीरगञ्जमा छन् ।

सोही घटनामा ‘वारेण्ट’पछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ । अर्का फरार २५ वर्षीय विसु भनिने विष्णु मण्डलको हकमा पक्राउ परेपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने फैसला भएको छ ।

प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, वासुदेव र सत्यनारायणलाई २०७७ भदौ ३० गते नै पक्राउ गरेको थियो । उनीहरु जनही रु एक लाख १० हजार धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए । प्रहरीले राजविराजबाट २०७७ पुस ६ गते शत्रुघनलाई पक्राउ गरेकामा अदालतको आदेशानुसार पुस ८ गते रु दुई लाख धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।

आफ्नो धानखेतमा पानी हेर्न गएकी बालिकामाथि २०७७ भदौ २९ गते बिहान सामूहिक बलात्कार भएको थियो । बलात्कारको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन भदौ ३० गते उनले आत्महत्या गरेकी थिइन् । सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै पीडितकी आमाले उजुरी दिएका थिए । रासस

 

 

वि.सं.२०७९ पुस १९ मंगलवार ०८:४४ मा प्रकाशित

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राका भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ । मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ...

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज असार १५, धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस...

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...