back

पछिल्लो २ वर्षमा सबैभन्दा बढी साइबर हमलामा परेकी रहेछु– नेतृ रामकुमारी झांक्री

वि.सं.२०७९ पुस १९ मंगलवार

33 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री आफु साइवर हमलामा परेको बताएकी छन् ।

पूर्वमन्त्री समेत रहेकी झाक्रिले एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र र साइबार ह्यारेसमेन्टका सम्बन्धमा आफुमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताएकी छन् ।

‘अध्ययनको सिमा र क्षेत्र अनि त्यसबाट आएका तथ्य रोचक मात्र होइनन् वास्तवमै सम्वेदनशिल थिए । पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी रहेछु । नेतृ झाक्रिले सामाजिक संजालमा लेखेकी छन् ।

नेतृ झाक्रिले लेखेकी छन्–
एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र Cyber Harassment का सम्बन्धमा ममाथि लामो समय लगाएर अनुसन्धान गरेको रहेछ । रिपोर्ट निष्कर्षको प्रस्तुतीकरणमा मलाई बोलाउनु भएको थियो ।

अध्ययनको सिमा र क्षेत्र अनि त्यसबाट आएका तथ्य रोचक मात्र होइनन् वास्तवमै सम्वेदनशिल थिए । पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी रहेछु।

हुन त सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने ब्यक्तिहरूले ब्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको देखिन्छ । तर, केही विषयमा अनुसन्धानकर्ता पनि आश्चर्य चकित हुनुहुन्थ्यो ।

१) मलाई सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेछन् ।

२) बिश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका ब्यक्तिहरू रहेछन् ।

३) त्यसैगरी लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट रहेछन् ।

४) मेरो काम र म सँग असम्बन्धित ब्यक्तिहरू पनि ठूलो संख्यामा ब्यक्तिगत गालिगलौजमा आएका रहेछन् ।
मलाई यो रिपोर्टले कानूनी उपचार खोज्न बाध्य बनाउदैछ । मैले यसको उपचार खोजिन भने सायद म भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्।

वि.सं.२०७९ पुस १९ मंगलवार ०९:३९ मा प्रकाशित

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की...

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

अहिले सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा

बाजुरा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको...