back
CTIZAN AD

पछिल्लो २ वर्षमा सबैभन्दा बढी साइबर हमलामा परेकी रहेछु– नेतृ रामकुमारी झांक्री

वि.सं.२०७९ पुस १९ मंगलवार

828 

shares

काठमाडौं । नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री आफु साइवर हमलामा परेको बताएकी छन् ।

पूर्वमन्त्री समेत रहेकी झाक्रिले एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र र साइबार ह्यारेसमेन्टका सम्बन्धमा आफुमाथि लामो समय लगाएर अनुसन्धान गरेको बताएकी छन् ।

‘अध्ययनको सिमा र क्षेत्र अनि त्यसबाट आएका तथ्य रोचक मात्र होइनन् वास्तवमै सम्वेदनशिल थिए । पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी रहेछु । नेतृ झाक्रिले सामाजिक संजालमा लेखेकी छन् ।

नेतृ झाक्रिले लेखेकी छन्–
एउटा अनुसन्धान टिमले साइबर आक्रमण, साइबर हिंसा र Cyber Harassment का सम्बन्धमा ममाथि लामो समय लगाएर अनुसन्धान गरेको रहेछ । रिपोर्ट निष्कर्षको प्रस्तुतीकरणमा मलाई बोलाउनु भएको थियो ।

अध्ययनको सिमा र क्षेत्र अनि त्यसबाट आएका तथ्य रोचक मात्र होइनन् वास्तवमै सम्वेदनशिल थिए । पछिल्ला दुई वर्षमा म सबै भन्दा बढी साइबर हमलामा परेकी रहेछु।

हुन त सबै प्रकारका पेशा, वर्ग, जातजाति, लिंग र सबै क्षेत्रमा बस्ने ब्यक्तिहरूले ब्यक्तिगत रूपमा अपशब्द प्रयोग गरेर गालीगलौच गरेको देखिन्छ । तर, केही विषयमा अनुसन्धानकर्ता पनि आश्चर्य चकित हुनुहुन्थ्यो ।

१) मलाई सोसल मिडियामा सबैभन्दा धेरै आकर्मण गर्ने खासमा जातिय हिसावले मगर, तामाङ, राई, लिम्बु जस्ता जनजाति समुदायका ब्यक्तिहरू रहेछन् ।

२) बिश्वकर्मा, परियार, नेपाली जस्ता दलित समुदायका ब्यक्तिहरू रहेछन् ।

३) त्यसैगरी लैगिक हिसावले महिलाहरू, महिलाका नाम र महिलाको प्रोफाईल फोटो राखेका नक्कली आईडिहरूबाट रहेछन् ।

४) मेरो काम र म सँग असम्बन्धित ब्यक्तिहरू पनि ठूलो संख्यामा ब्यक्तिगत गालिगलौजमा आएका रहेछन् ।
मलाई यो रिपोर्टले कानूनी उपचार खोज्न बाध्य बनाउदैछ । मैले यसको उपचार खोजिन भने सायद म भन्दा पछाडीका बहिनीहरू र छोरीहरू यस्तो प्रकारको सिकार झनै हुनेछन्।

वि.सं.२०७९ पुस १९ मंगलवार ०९:३९ मा प्रकाशित

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय हो : सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विश्वभर सार्वजनिक लेखापरीक्षणमा प्रयोग भइरहेको...

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...