काठमाडौं । इसेवाबाट एनसेलका कुनैपनि मोबाइल नम्बरमा टपअप गर्दा पुरस्कार जित्न सक्ने भएका छन् ।
इसेवामार्फत एनसेलका कुनै पनि नम्बरमा जनवरी महिनाभर ६ सय रूपैयाँभन्दा बढीको रिचार्ज (टपअप) गर्दा प्लेस्टेसन फाइभ जित्न सक्ने कम्पनीले जनाएको छ ।
साथै २ सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सक्ने छन् । इसेवाले हाल एण्ड्रोइड मोबाइलमा ५५ लाख र आइओएस मोबाइलमा करिब १० लाख गरी ६५ लाख बढी ग्राहकलाई मोबाइल एपमार्फत सेवा दिइरहेको छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् ।
वि.सं.२०७९ पुस १९ मंगलवार ०९:३० मा प्रकाशित






























