काठमाडौं । सिटीजन्स बैंक र बानेश्वरस्थित फ्रन्टलाइन हस्पीटलबीच सेवा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा सिटिजन्स बैंकका कार्डबाहकहरुलाई अस्पतालमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो ।
डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको उक्त बैंकले डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु बैंकको वेवसाइटमा प्राप्त गर्न सकिने जनाएको छ ।
यसैगरी बैंकले भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगायत देशका झण्डै २५ अस्पतालसँग सहकार्यको सम्झौता गरेको समेत जनाएको छ ।
हाल १५ लाख ग्राहकले सुविधा लिइरहेको जनाएको बैंकले देशैभरी १८० शाखा, तीनवटा विस्तारित काउण्टर, १३३ वटा एटिएम तथा ९७ वटा बैंकिङ इकाइहरुबाट सेवा दिइरहेको जनाएको छ ।
वि.सं.२०७९ पुस १९ मंगलवार १४:४५ मा प्रकाशित





























